७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

तत्काललाई टर्यो किट अभाव

किट अभावले पिसिआर परीक्षणमा ढिलाइ भइरहेका बेला तत्कालका लागि कपिलवस्तुमा किटको अभाव टरेको छ । जिल्लाका आठ पालिकाले आवश्यक भिटिएम किट किन्ने तयारी गरिरहेकै बेला स्वास्थ्य सेवा विभागबाट एकैपटक जिल्लामा तीन हजार किट आएको हो ।

जिल्लाका तीन पालिकाले तीन हजार दुई सय किट किनेर बुधबारदेखि नै स्वाब संकलन सुरु गरिसकेका छन् । कपिलवस्तु र शिवराज नगरपालिकाले एकएक हजार र यशोधरा गाउँपालिकाले ११ सय ८० थानि भिटिएम किट किनेर स्वाब संकलन कार्य अघि बढाएका हुन । जिल्लाका अन्य पाँच पालिकाले पनि किट किन्ने प्रक्रिया अघि बढाएका छन् ।

जिल्ला स्वास्थय कार्यालय कोरोना फोलक पर्सन कुमार थापाले ततकालका लागि पिसिआर परीक्षणका लागि चाहिने भिटिएम किटको अभाव टरेको बताए । ‘स्वास्थ्य सेवा विभागबाट बुधबार एकैपटक तीन हजार थान भिटिएम किट आएको छ,’ उनले भने, ‘स्वाब संकलन तीव्र गतिमा बढाउँछौं ।’ अहिलेसम्म जिल्लामा पाँच हजार एक ६५ भिटिएम किट प्राप्त भएको छ । बुधबारसम्म जिल्लामा कुल १७ सय ३२ जनाको स्वाब संकलन भएकोे छ ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App