coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकलाई कोरोना संक्रमण भएपछि १५ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा

नियमित डियुटीमा खटिएका चिकित्सकमा कोरोना संक्रमण भएपछि स्वास्थ्य सेवा विभागका १५ जना स्वास्थ्यकर्मीहरु क्वारेनटाइनमा राखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। मंगलवार काठमाडौवाट कपिलवस्तु कन्ट्रयाक्ट टे«सिङमा गएका १५  जना क्वारेनटाइनमा बसेका छन्। उनीहरु संक्रमित चिकित्सकसित नजिकको सम्पर्कमा रहेको कारण क्वारेनटाइनमा रहेका हुन्।  

त्यसै गरी प्रभावित क्षेत्रमा गएका स्वास्थ्यकर्मीलाई १५ दिन क्वारेनटाइमा राख्ने नियम अनुसार नै राखेको विभागका महानिर्देशक महेन्द्र श्रष्ठले बताए। पहिलो पटक चिकित्सकमा संक्रमण देखिएसंगै स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयले समेत संचारकर्मीहरुलाई कार्यालयमा आउन प्रतिवन्ध लगाउन सुरु गरेको छ। बुधवार स्वास्थ्य सेवा विभागमा केही संचारकर्मी पुगेकालाई अवदेखि नआउनको लागि जानकारी समेत गराइसकेको महानिर्देशक श्रेष्ठले बताए। मंगलवार राष्ट्रिय इपिडिमोलोजी महाशाखावाट कन्ट्रयाक्ट टे«सिङको लागि कपिलवस्तु गएका थिए।

प्रकाशित: ७ जेष्ठ २०७७ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App