coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसन बनाउने ठाउँ खोज्दै रोल्पा अस्पताल

रोल्पा अस्पताल । तस्बिर: दिनेश/नागरिक

साना गुजुप्प परेको कच्ची भवनभित्र संचालित जिल्ला कै एक मात्र रोल्पा अस्पताल आज पनि १५ शैयाको छ । कोरोना महामारीले त्रास फैलाई रहदा अस्पतालको भौतिक संरचनामा ब्यवस्थित तयारी गर्न सकस परेको हो । यतिबेला पूर्व तयारीका लागि आइसोलेसन कक्ष बनाउन विद्यालयको खोजी सुरु भएको छ । त्यसो त यो अस्पतालमा दरबन्दी र स्वास्थ्यकर्मीको सधै अभाव रहने गरेको छ । सरोकारवालाहरु पर्याप्त समस्याका बीचमा पनि समाधानका खोजीमा जुटेका छन् ।  

केहि दिनभित्र भारतबाट ठूलो संख्यामा रोल्पालीहरु घर आउने जानकारी पाएसंगै सम्भाबित जोखिम न्यूनिकरणका लागि अस्पतालमा आन्तरिक तयारीको प्रयास भने सुरु गरिएको छ । कोरोना संक्रमित भेटिएको अवस्थामा ब्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सरोकारवालाहरुले गृहकार्य पनि गरिरहेका छन् । जिल्लाकै एक मात्र अस्पतालमा कुनै पनि समय कोरोनाका बिरामी राख्नु पर्‍यो र अस्पताल सिल गर्ने अवस्था आयो भने अस्तब्यस्तता सुरु हुने छ ।

त्यति मात्र होइन न्यून जनशक्ति रहेको रोल्पा अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखियो भने भोली पल्टबाट सम्पुर्ण स्वास्थ्य सेवा ठप्प हुने छ । ‘नेपाल भरि एउटै समस्या हो ।’ रोल्पा अस्पतालका डा. प्रकाश बुढा भन्छन् ‘हामिलाई संक्रमण भयो अन्यत्रबाट चिकित्सक र स्वास्थ्यकर्मी बोलाउनु पर्ने हुन्छ ।’ यति हुँदा हुँदै पनि सकेजति आवश्यक पूर्व तयारी गरिएको अस्पतालले जनाएको छ ।  

अस्पताल विकास समितिका अध्यक्ष फबिन्द्र आचार्यका अनुसार स्वास्थ्यकर्मीलाई नै संक्रमण देखियो भने प्रदेश वा संघले चिकित्सक पठाउने कुरा भएको छ । उनि भन्छन् ‘अस्पताललाई नै सिल गर्नु पर्ने अवस्था नआओस भनेर नजिकैको स्कुल अथवा क्याम्पसमा आइसोलेसन कक्ष तयार गरि सम्भाबित बिरामी उता पठाउनका लागि ब्यबस्था गर्दैछौ ।’

बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल अस्पताल नै शिल गर्नु पर्‍यो भने समस्या आउने बताउछन् । यदि अस्पतालमै केश भेटियो वा कतैबाट आयो भने तनाब हुन्छ । हामिले सकेसम्म उपचारका लागि नजिकैको शैक्षिक संस्थालाई कोरोना उपचार केन्द्रका रुपमा तयार गर्ने सोचमा छौ ।’ सम्भाबित संक्रमण न्यूनिकरणका लागि जिल्ला स्थीत सबै सुरक्षा निकाय तयारी अवस्थामा छन् । उनले भने ‘हामि मानसिक रुपमा तयार छौ । हामिसंग श्रोत र जनशक्ति पर्याप्त छैन त्यसैले पनि झनै सम्बेदनशिल बनेका छौ ।’

यसअघि बिभिन्न जिल्लाबाट आएका ८ हजार बढि रोल्पाली १४ दिन क्वारेन्टिनमा बसेर स्वास्थ्य परीक्षण बिना घर फर्केका छन् । आरडिटी किटको अभाव भएपछि उनिहरुलाई तापक्रम मात्र नापेर घर पठाइएको थियो ।  

 

 

प्रकाशित: ७ जेष्ठ २०७७ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App