७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

२० जना पत्रकारको पीसीआर परीक्षण

कोरोना भाइरसको महामारीका बेला जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका सुनसरीका पत्रकारको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । पहिलो चरणमा जिल्लाको इनरुवा, इटहरी र धरानका २० जनाको स्वाब मंगलबार संकलन गरिएको हो ।

कोरोना संक्रमणका बेला फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी उच्च जोखिममा पर्न थालेपछि सुनसरीका पत्रकारहरुको स्वाब संकलन गररिएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाले जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले आवश्यक सामग्री इटहरी अस्पताललाई उपलब्ध गराएपछि स्वाब संंकलन गरिएको हो । महासंघले सञ्चारकर्मीलाईं सुरक्षित रहेर काम गर्न स्वाब संकलन गरेको हो । यसको नजिता बुधबारसम्ममा आउने जानकारी दिइयो ।  

महासंघ आम सञ्चारकर्मीहरुलाईं आफ्नो स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै समाचार संकलन तथा सम्प्रेषण गर्न अपील गर्दै आएको छ।  

 

प्रकाशित: ६ जेष्ठ २०७७ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App