७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सिन्धुलीका २३ जनामा आरडिटी पोजेटिभ, ४७ जनाको स्वाब परीक्षण गर्न पठाइयो

सिन्धुलीमा २३ जनामा आरडिटी पोजेटिभ देखिएको छ । जिल्ला अस्पताल सिन्धुलीले सोमबार र मंगलबार बिहान गरेको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा २३ जनामा एन्टिबडी पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।  

विश्वभर फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको सिन्धुली जिल्लामा विभिन्न पेशामा रहेर कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि फ्रन्टलाईनमा कार्यरत, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी रेडक्रस कर्मी र जनप्रतिनिधिसहित १ सय ८० जनाको परीक्षण गरिएकोमा सिन्धुली अस्पतालका कर्मचारी सुरक्षा निकायका कर्मचारी तथा अन्यमा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिए ।  

आरडिटी परीक्षणमा प्रहरी, जिल्ला प्रशासनका कर्मचारी सिन्धुली अस्पतालमा कार्यरत कर्मचारीसहित अन्य गरि २३ जनामा पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका २३ जनासहित अन्य गरि ४७ जनाको स्वाब टेष्ट गर्न प्रादेशिक अस्पताल हेटौडामा पठाइएको पोखरेलले जानकारी दिए । रिपोर्ट भोलीसम्म आइसक्छ उनले भने, रिपोर्ट नआउन्जेलसम्मका लागि अत्यावश्यक बाहेक अन्य कामका लागि अस्पताल नआइदिन समेत अनुरोध गर्दछौ ।  

अहिले सिन्धुली अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । अस्पतालमा कार्यरत १२ जना भन्दा बढी कर्मचारीलाईनै आरडिटी पोजेटिभ देखिएपछि अस्पतालनै कोरोनाको उच्च जोखिममा भएकाले सतर्कता अपनाइएको हो । 

प्रकाशित: ६ जेष्ठ २०७७ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App