coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भरतपुर अस्पतालको आईसीयूमा बिरामीको मृत्यु, कोरोनाको आशंका

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत ६८ वर्षीय एक वृद्धको मंगलबार बिहान मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका वडा नम्बर आठका ती वृद्धमा कोरोना संक्रमणको आशंका गरी थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि भरतपुरस्थित कोभिड प्रयोगशालामा पठाइएको छ ।

चार महिनादेखि क्षयरोगको औषधि सेवन गरिरहेका ती वृद्धमा श्वासप्रश्वासको समस्या देखिएपछि आइतबार राति भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले ती बिरामी वीरगञ्जबाट रिफर भई आएकोले कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको बताए । क्षयरोगी ती बिरामीको फोक्सोमा पानी जमेको पाइएको डा. अधिकारीको भनाइ छ ।

कोरोना भाइरसको संक्रमणपछि बिरामी व्यक्तिको फोक्सोमा समस्या आउने, निमोनिया हुने चिकित्सकहरुले बताउँदै आएका थिए । भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका ती बिरामीको फोक्सोमा पानी जमेको पाइनुले कोरोना संक्रमणको आशंकालाई बल पुगेको एक चिकित्सकले बताए ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App