८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

संक्रमित भेटिएपछि धादिङको जुगेखोला क्षेत्र सिल

कोभिड १९

कोरोना संक्रमणपछिको अवस्थाबारे छलफल गर्न बसेको सुरक्षा समितिको वैठक । तस्बिर : नागरिक

धादिङको थाक्रे गाउँपालिका–८ जुगेखोलाका एक पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा सिल गरिएको छ । मंगलबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूर्वका धार्केखोला पुल, पश्चिममा आडकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।  

‘संक्रमित भेटिएको ठाउँका केही स्थानमा सिल गरेका हौं’, प्रमुख जिल्ला अधिकारी आशमान तामाङले भने, ‘उल्लेखित चार किल्ला क्षेत्र भित्र प्रहरी परिचालन गरेर पूर्ण रुपमा आवतजावत बन्द गराइएको छ ।’ सिल गरिएको क्षेत्रमा जेठ ११ गते राती १२ बजेसम्म आवतजावत गर्न निषेध गरिएको छ ।

उक्त क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले गस्ती गरि सुरक्षा व्यवस्था मिलाएको छ भने स्थानीयलाई घर बाहिर ननिक्लन माइकिङ समेत गर्न थालिएको छ । आवश्यक परेमा नेपाली सेनालाई समेत सवारी गस्ती गर्न निर्देशन दिइएको छ । संक्रमित व्यक्ति लामो समयसम्म गाउँमा बसेर काठमाडौं गएकाले उनको सम्पर्कमा रहेकाको खोजतलास गर्न वडाध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समूह बनाइएको गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए ।  

‘संक्रमित व्यक्तिसंग जोडिएका सबै स्थानीयलाई गाउँपालिकाको क्वारेन्टिनमा राखेर पिसिआर परिक्षण गराउने छौँ’, उनले भने ।  

धादिङमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ३ पुगेको छ । नेत्रावती डबजोङ गाउँपालिका–३ सेमजोङका एक पुरुष भने पूर्ण रुपमा निको भएर फर्किसकेका छन् भने अन्यको उपचार भैरहेको छ । काठमाडौंको बागबजारमा व्यावसाय गरेर बस्ने उनी गत चैत ११ गते थाक्रेस्थित गाउँमा आएर २८ गते फर्केका थिए ।  

जिल्लामा सोमबार गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ६ जनाको पोजेटिभ देखिएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी लगायत दुई सय ३० जनाको आरडिटी परिक्षण गरिएकामा ६ जनाको पोजेटिभ देखिएकाले सबैको स्वाब पीसीआर परिक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App