७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रोल्पा क्वारेन्टिनमा मृत्यु भएका युवकको स्वाब परीक्षण गर्न दाङ ल्याइयो

रोल्पाको क्वारेन्टिनमा मृत्यु भएका युवाको कोरोना परीक्षणका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब ल्याइएको छ । आईतबार राति काठमाडौँबाट रोल्पा ल्याइएका मृगौला पीडित ति युवाको सोमबार क्वारेन्टिनमा मृत्यु भएको थियो । ति युवकमा कोरोना भए/नभएको पत्ता लगाउनका लागि उनको स्वाब सोमबार राति नै दाङस्थित प्रतिष्ठानमा ल्याइएको छ ।

‘रोल्पाको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भए/नभएको परीक्षण गर्न सोमबार राति नै स्वाब प्रतिष्ठानमा आईपुगेको छ,’ प्रतिष्ठानका निमित्त रजिष्ट्रार कैलाशप्रसाद देवले भने । उनका अनुसार युवकको स्वाब परीक्षण प्रकृयामा छ । देवले भने ‘रिपोर्ट जति सक्यो चाँडै निकाल्न हामीहरु लागिरहेका छौँ ।’ लामो समयदेखि मृगौलाका रोगी २२ वर्षिय उक्त युवक काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा डायलासीस गरेर आईतबार रोल्पा फर्किएका थिए ।  

प्रकाशित: ६ जेष्ठ २०७७ ०४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App