८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

दाङमा ६ सय बढीको कोरोना जाँच, दुईको रिपोर्ट पोजेटिभ

दाङमा ६ सय बढिको कोरोना परीक्षण भएको छ। अहिलेसम्म परीक्षण भएका ६ सय ४३ मध्य २ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेहरु गढवा गाउँपालिकाका दुई पुरुष छन्। दाङको एक मात्रै कोरोना परीक्षण हुने थलो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ सय ८१ जनाको परीक्षण भएको छ। प्रतिष्ठानमा १३ बैशाख देखि कोरोना परीक्षण सुरु भएको थियो।  

प्रतिष्ठानमा जाँच भएका मध्य ५ सय ७९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आउँदा दुईजनाको पोजेटिभ रिपोर्ट आएको हो। ‘यस प्रतिष्ठानमा ५ सय ८१ जनाको कोरोना परीक्षणका क्रममा ५ सय ७९ जनाको रिपोर्टन नेगेटिभ आएको छ,’प्रतिष्ठानका निमित्त रजिष्ट्रार कैलाश देवले सूचना जारी गर्दै भनेका छन् ‘दुईजनामा भने कोरोना संक्रमण पुष्टि भएको छ।’  

पुष्टि भएका दुईजनाको बेलझुण्डिस्थित कोरोना बिशेष अस्पतालमा उपचार भैरहेको छ। देवका अनुसार प्रतिष्ठानमा अहिले ६ जनाको कोरोना परीक्षणको प्रकृया चलिरहेको छ। ‘बाँकी ६ जनाको जाँचको प्रकृयामा हामी छौँ,’ देवले भने ‘उहाँहरुको पनि छ्ट्टिै रिपोर्ट आउने छ।’  

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना जाँच मेशिन जडान हुनुपूर्व जिल्लामा ६२ जनाको कोरोना परीक्षण भएको थियो। उनिहरु सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो। उनिहरु मध्य केहि को र्यापिड परीक्षण गरिएको थियो भने केहिको स्वाब परीक्षणका लागि काठमाडौँ, नेपालगन्ज तथा बुटवलमा पठाईएको थियो। तर प्रतिष्ठानमा कोरोना जाँच मेशिन जडान भएपछि यस क्षेत्रका शंकास्पदहरुको परिक्षणमा सहज भएको छ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App