७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सन्धिखर्कको छाँया पोलिक्लिनिक सिल

सन्धिखर्कको छाँया पोलिक्लिनिक प्रहरीले सिल गर्दै ।

कोरोना संक्रमण पुष्टि भएका गुल्मीका पुरुषले अर्घाखाँचीको छाँया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिकलाई सिल गरिएको छ । उनले सन्धिखर्क नगरपालिका¬–१ मा रहेको छाँया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए ।  

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिकमा जाँच गराएको थप उपचार सम्भव नभएपछि बुटबलको क्रिमसन अस्पतालमा गएर भर्ना भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा आईसीयूमा उनको उपचार भइरहको छ । ४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहीँ नगएको भए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दोजुल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरिएको थियो र उनमा संक्रमण पुष्टि भएको हो ।  

छाँया पोलिक्लिनक सिल गरेर त्यहाँ रहेका डाक्टर, स्वास्थ्यकर्मी र उपचारका लागि आएका सबै बिरामी र उनीहरुको सम्पर्कमा आएका सबैलाई खोजेर कोरोना जाँच गरिने डाक्टर कपिल गौतमको भनाई छ ।

प्रकाशित: ५ जेष्ठ २०७७ २०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App