६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

भारतबाट लुकिछिपी नेपाल आएका युवामा कोरोना संक्रमण

विराटनगर  

मोरङको रतुवामाई– १ मा मुम्वईबाट आएका २० वर्षीय युवालाई  कोरोना पोजेटिभ देखिएको छ । जेठ २ गते  मुम्वईबाट आएका ती युवा रतुवामाई नगरपालिका –१ स्थित सोनापुरको मकैवारीबाट लुकिछिपी  नेपाल प्रवेश गरेका थिए ।  

आइतबार आरडीटी परिक्षणमा  कोरोना पोजेटिभ देखिएपछि पिसीआर परिक्षण गरिएको थियो । आइतबार स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि कोसी अञ्चल अस्पताल स्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको  रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले जानकारी दिए । राईका अनुसार जेठ २ गते राती १२ बजे भारतबाट मकैबारीको चोरबाटो हु“दै ती युवा घर आएका थिए । २ गते राती परिवारसँगै बसेका र ३ गते विहान काकाले मोटरसाईकलमा राखेर आरडीटी टेष्टका लागि ल्याएका थिए । 

आरडीटी परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि उनको र काकाको दुबै परिवारलाई स्थानिय मदरसामा क्वारेन्टाइनमा राखिएको थियो । ‘पिसीआर परिक्षणमासमेत रिपोर्ट पोजेटिभ आएपछि  युवकलाई उपचारका लागि विराटनगर स्थित कोरोना उपचार केन्द्रमा पठाइएको छ ’ राईले भने ।  मदरसाको क्वारेन्टाइनमा राखिएका उनी र काकाका परिवारका १२ जनाको पनि कोरोना परिक्षणको तयारी गरिएको राईले जानकारी दिए । उनका अनुसार मंगलबार क्वारेन्टाइनमा रहेका १२ जनाको कोरोना परिक्षण गरिने छ ।  

मुम्वईबाट आएका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना उपचार केन्द्रका डाक्टर दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार  कोरोना उपचार केन्द्रमा सोमबार दुई जना संक्रमित भर्ना भएका छन् । एक जना  मोरङ र अर्का झापाका   छन् । यस्तै सोमबारै एक जनालाई  डिस्चार्जको  गरिएको डा सिग्देलले जानकारी दिए । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको  छ । जसमा १८ जना डिस्चार्ज भएका छन् भने  २३ जना उपचाररत छन् ।  

 

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App