८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सिँचाई कार्यालयको भवनमा कोरोना अस्पताल

जिल्ला प्रशासन कार्यालय कलैया, बारामा आइतबार बसेको सर्वदलिय बैठकले कलैया उपमहानगरपालिका ५ मा रहेको नारायणी सिँचाई कार्यालयको भवन र जग्गामा कोरोना भाइरस उपचारको लागि अस्पताल बनाउने निर्णय गरेको छ । प्रदेश २ सरकारले  जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने गरेको निर्णयको बिरोध सुरु भएपछि सर्वदलिय बैठकबाट दिर्घकालिन रुपमै सिँचाई कार्यालयमा कोरोना अस्पताल बनाउने निर्णय गरिएको हो।

कलैया अस्पातलबाट दिइरहेको इमरजेन्सी, ओपिडि, इन्डोर, प्रसूति र प्रसूति शल्यक्रिया लगाएतको सेवाहरु प्रदेश सरकारको निर्णयले अवरुद्ध हुने अवस्थामा आए पछि सर्वदलिय बैठकले  यसको बिकल्प खोजेको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बताएका छन्।  नारायणी सिँचाईको भवन र जग्गामा कोरोना अस्पताल बनाउन सर्वदलिय बैठकबाट निर्णय भएको र यो निर्णय सम्पुर्ण जिल्लाावासी हकहितको लागि रहेको उनले बताए।

दुई महिना भित्रमा कोरोना अस्पताल सञ्चालनमा ल्याउने गरि काम शुरु गर्ने र त्यसको  भौतिक संरचना लगाएतको कार्यमा शुरुमा ८० लाख खर्च लाग्ने अनुमान गरिएको प्रमुख यादवले बताए।कोरोना अस्पताल निर्माणमा लाग्ने खर्चको आधा रकम ४० लाख जति कलैया उपमहानगरपालिकाले व्यवस्था गर्ने र बाँकी रकम प्रदेश सभा सदस्य पारसले संसदिय विकास कोषबाट दिने प्रतिबद्धता गरेको उनले बताए।

कलैया अस्पतालले जिल्लाभरिबाट आउने गरिब असहाय तथा विपन्न वर्गहरुका लागि एक मात्र उपचारको थल्लो रहेकोले यसको बिकल्पमा सिँचाई कार्यालयमा कोरोना भाइरसको उपचार गरिदा दिर्घकालिन रुपमै राम्रो हुने अवस्था आएको प्रमुख यादवको भनाई छ।सिँचाई कार्यालयमा कोरोना अस्पताल नबनेसम्म कलैया उपमहानगपालिका ३ मा रहेका प्रदेशि शैक्षिक तालिक केन्द्रबाट नै अस्थायी कोरोना उपचार केन्द्र बनाएर सेवा दिने सहमति समेत गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

शैक्षिक तालिम केन्द्रमा आवश्य पर्ने समाग्रीहरु तत्कालै कलैया उपमहानगरपालिकाले व्यवस्थापन गर्ने र त्यसको व्यवस्थापन नभएसम्म कलैया अस्पतालबाट नै कोरोनाको उपचार गरिने  सहमति गरिएको उनले बताए।कलैया अस्पतालबाट कोरोनाको उपचार गरिदा अन्य सेवाहरु केही दिनको लागि कलैया ५ मा रहेको बारा नर्सिग होमबाट दिने व्यस्वस्था गरिएको कलैया अस्पतालका मेडिकल सुपरिटेण्ड बिरेन्द्र कुमार मण्डलले बताएका छन्।शैक्षिक तालिम केन्द्रमा अहिले ४० देखि ५०  आइसोलेसन बेड निर्माण गरेर कोरोना भाइरस लागेकाहरुको उपचार गर्न सकिने अवस्था रहेको मेसु मण्डलले बताए।

अहिले शैक्षिक तालिम केन्द्रमा रहेको भवनहरुको मर्मत, शौचालयको, खाने पानी, बिद्युतको मर्मत गरिदा त्याहाँ बसेर कोरोनाको उपचार गर्न सकिने मण्डलले बताए।सर्वदलिय बैठकमा, प्रदेश सभा सदस्य पारस साह, ज्वाल कुमारी साह, महम्द समिर, जनता समाजवादी पार्टीका नेता प्रमोद गुप्ता, नेकपाका धुरी साह, बाराका  प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, बारा उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद साह लगाएतको सहभागी रहेका थिए।

प्रकाशित: ४ जेष्ठ २०७७ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App