८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गर्नेको संख्या १६ लाख नाघ्याे

सबैभन्दा बढि अमेरिकामा २ लाख ९६ हजार ७४६ जना उपचारपछि निकाे भए

कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार २१२ देश यो महामारीबाट प्रभावित छन् । नेपालमा पनि पछिल्लाे समय तिव्र रूपमा फैलिरहेकाे छ । मंगलबार मात्र थप ८३ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा हाल सम्म २१७ जनामा कोरोना संक्रमण देखिएको छ । ३४ जना उपचारपछि घर फर्केका छन् भने १८३ जनाकाे उपचार भइरहेको छ।

कोरोना भाइरसका कारण विश्वका ४३ लाख ४२ हजार भन्दा बढि मानिस संक्रमित छन्। चीनको वुहानमा पहिलोपटक देखिएको यो भाइरसका कारण २ लाख ९२ हजार ८९३ जनाको ज्यान गइसकेको छ।

कोरोनाका कारण संक्रमण र मृत्यु भइरहे पनि यसबाट निकाे भएर घर फर्कनेको संख्या पनि उस्तै बढिरहेकाे तंथ्याकले देखाएकाे छ । यसले कोरोना भाइरस लागे मृत्यु नै भइहाल्छ भन्ने छैन । राेगसंग लड्न सक्ने प्रतिराेध क्षमता बढि भएकाे मानिसले जित हासिल गर्न सक्ने उपचारबाट निकाे भएकाहरूकाे भनाइ छ । कोरोनाबाट स्वास्थ्यलाभ गर्नेको संख्या पनि दैनिक बढेको तंथ्याकले प्रस्टाउँछ । वर्ल्डमिटर्सका अनुसार हालसम्म १६ लाख २ हजार ४७६ जनाले स्वास्थ्य लाभ गरेका छन्।

चीनमा काेराेना संक्रमितमध्ये ७८ हजार १८९ जना निकाे भएर घर फर्केका छन् । सबैभन्दा बढि अमेरिकामा २ लाख ९६ हजार ७४६ जना उपचारपछि निकाे भएका छन् । मृत्य हुनेकाे संख्या र संक्रमितकाे संख्या पनि अमेरिकामा सबै भन्दा बढि छ । त्यस्तै स्पेनमा १ लाख ८० हजार ४७०, जर्मनीमा १ लाख ४७ हजार २००, इटालीमा १ लाख ९ हजार ३९ जना र टर्कीमा ९८ हजार ८८९ जना उपचारपछि निकाे भएर घर फर्केका छन् ।

त्यस्तै इरानमा ८८ हजार ३५७ जना, ब्राजिलमा ७२ हजार ५९७, फ्रान्समा ५७ हजार ७८५ जना, रसियामा ४३ हजार ५१२ जना, क्यानडामा ३४ हजार ४२ जना, स्विजरल्यान्डमा २६ हजार ८००,  म्याक्सिकाेमा २५ हजार ९३५, भारतमा २४ हजार ४२०, पाकिस्तानमा ८ हजार ८१२, जापानमा ८ हजार ५३१, बंगलादेशमा ३ हजार १४७ र भुटानमा ५ जना उपचारपछि निकाे भएर घर फर्केका छन् ।

यसरी हेर्दा भाइरस मुक्त हुनेको संख्या पनि धेरैनै देखिएकाे छ। यसले के देखाउँछ भने कोरोना लाग्दैमा मृत्यु भइहाल्छ भन्ने होइन। तर ज्येष्ठ नागरिक, दिर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई भने यसले छिटो प्रभावित गर्ने डाक्टरहरू बताउँछन् । औषधी पत्ता लगाइ नसकेको अवस्थामा यसबाट बच्न नियमित सावुन पानीले हात धुने, दुरी कामय गर्ने, घरबाहिर ननिस्कने जस्ता सावधानी नै अपनाउनु पर्ने देखिन्छ।

प्रकाशित: ३१ वैशाख २०७७ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App