७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश २ मा कोरोना संक्रमित ३२ पुग्यो, राजबिराज अस्पतालमै भर्ना गर्ने तयारी

लहान – सप्तरीमा एक जना १८ वर्षीय युवा कोरोना भाइरस संक्रमित भेटिएसँगै प्रदेश २ मा कोरोना संक्रमित हुनेहरूको संख्या ३२ पुगेको छ। डाक्नेश्वरी गाउँपालिका ३ का १८ वर्षीय युवाको प्रयोगशाला परीक्षण रिपोर्ट सोमबार पोजेटिभ आएको हो। 
बैशाख २६ गत्ते उनको स्वाब(नमुना) संकलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो जिल्ला स्वास्थ्य प्रमुख दुनीयालाल यादवले भने,‘ १८ वर्षीय युवामा कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ।’ उनीसहित १३ जना बैशाख ९ गत्ते चितवनबाट गाउँ फर्केका थिए। १३ जनालाई डाक्नेश्वरी गाउँकै क्वारेन्टाइनमा राखिएको थियो’, यादवले भने,‘ उनीसंगै आएका बाँकीको रिपोर्ट आएको छैन।’

कोरोना संक्रमित युवा चितवनमा राज मिस्त्रीको काम गर्दै आएको थिए । लकडाउन भएपछि काम रोकियो। रोजगार रोकिएपछि उनीसहितका समुह चितवनबाट पैदलै हिँडेर गाउँ आइपुगेका थिए। उनी कति जनासँग सम्पर्कमा आए, सबैको कन्ट्याक्ट ट्रेसिङ गरी पहिचान कार्य अघि बढाइने उनले बताए।

संक्रमित युवालाई गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार सुरु गर्ने तयारी भैरहेको अस्पताल प्रमुख डाक्टर चुमनलाल दाशले बताए। यस अस्पतालमा कोरोना पुष्टि भएका विरामीलाई पहिलो पटक भर्ना गरिँदैछ।

 

प्रकाशित: २९ वैशाख २०७७ १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App