१५ आश्विन २०७७ बिहीबार
स्वास्थ्य

रित्तिदै डोल्पाका क्वाारेन्टाईन , क्वाारेन्टाईनमा बसेर यातायात खर्च बुझेर घर फर्के नागरिक

डोल्पा – त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं. ७ कस्तुरी नि मावि क्वाारेन्टाईनमा रहेका ३६ जनाको आरडिटि परीक्षण गर्दा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। एकै क्वारेन्टाईनमा बसेका मध्ये एक जनामा रिपोर्ट  पोजेटिभ देखा परेपछि पहाडा गाउँका स्थनीयमा त्रास बढेको छ। पोजेटिभ देखा परेका युवक नेपालगञ्जबाट आएर क्वारेन्टाइनमा बसेको पहाडा स्वास्थ्य इन्चार्ज जगबर बुढाले बताए। पहाडाका एक युवकमा पोजेटिभ देखा परेसंगै सिंगो डोल्पा त्रासदी बढेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले एक जनामा आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको खबर प्राप्त भएको र पुनपरिक्षणको लागि जिल्लाबाट चिकित्सक सहितको टोली पठाइएको बताए।  

क्वारेन्टाईनमा रहेका तर १४ दिन पुगेका कसैलाई पनि घर नफर्काउन सुरक्षाकर्मीलाई निर्देशन दिनुका साथै सबैको निगरानी राख्न लगाएको छ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासदीले गर्दा नेपाल सरकारले गएको चैत ११ गतेवाट देशभर लकडाउन (बन्दाबन्दी) को घोषणा गर्‍यो। कोरोना जोखिम हुननदिन पुर्वसर्तकता अनुरुप सरकारले गरेको लकडाउनको अवधी नेपालका विभिन्न जिल्लाहरुमा फेला परेका संक्रमितहरुको संख्यासंगै बढ्न थालेपछि जिल्ला वाहिर र लकडाउनकै कारण विपतमा परेका डोल्पाली नागरिकहरुको उद्दार गरेर ल्याउने कार्यमा स्थानीय तहले अभियान थाले ।

अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने सरकारको निर्णय पछि हुलका हुल जिल्ला फर्केका नागरिकहरुलाई पुर्वतयारी विना थालिएको अभियानले क्वारेन्टाइन ब्यवस्थापनमा सकस देखियो। तरपनि पुर्वाधार विनाको क्वारेन्टाइनमा अनिवार्य १४ दिन राख्नु पर्ने बाध्यताका बीच स्थानीय तहमा भएका सामुदायिक र निजि विद्यालय क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याइएपछि भने उद्दार गरिएका नागरिकलाई ब्यवस्थापन गर्न सहज भयो। विश्वकोरोना त्रासदीले सृजित लकडाउनका कारण सुनसान बनेका विद्यालय अलपत्र परि उद्दार गरेर ल्याइएका नागरिकले भरिभराउ बने। तर तेस्रो पटकको लकडाउनको समयमा एक्कासी धेरैले १४ दिनको क्वारेन्टाइन बसाई पुरा गरेर आरडिटी परिक्षण समेत गरेर घर फर्के पछि क्वारेन्टाइन रित्तिदै जान थालेका छन।

त्रिपुरासुन्दरी नगरपालिका १ काँटियाचौरस्थित  त्रिपुरा मावि विद्यालयमा रहेका ३६, मदरल्याण्ड बोडिङ स्कुलमा रहेका ५ भवानी आधार भुत विद्यालयमा रहेका ६ फोक्सुण्डो आधारभुत विद्यालय खदाङ्ग करेन्टाइनमा रहेका ३६ गरेर ८३ जना घर फर्केका छन। घर फर्केका सबैको आरडिटी परिक्षण गरिएकोमा सबैको रिपोट नेगेटिभ भएको स्वास्थ्यकर्मि लालकुमारी सार्कीले बताईन ।घर फर्केका सबैलाई काठमाडौं पोखराबाट आएकालाई जनही ५ हजार र नेपालगन्ज र सुर्खेतबाट आएकालाई ३ हजारका दरले यातायात खर्च समेनत दिइएर पठाइएको त्रिपुरासुन्दरी नगरपालिका १ का वार्ड अध्यक्ष कर्मसिंह थापाले बताए।

त्रिपुरासुन्दरी नगर क्षेत्रमा मात्र ८ ओटा क्वारेन्टाइन स्थापना गरिएका छन ।त्रिपुरासुन्दरी नगरपालिकाको चरम लापरवाहीका कारण कोरोना भाइरस डोल्पामा भित्रिएकोमा स्थानीय आक्रोसित बनेका छन। त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतका अवधीमा पनि बाहिरबाट जिल्ला फर्कने क्रम जारि नै छ। काठमाडौं नेपालगञ्ज पोखरा र सुर्खेत लगायतका स्थानहरुबाट लकडाउनको अवधीमा  १५ सयको हाराहारीमा नागरिकहरु जिल्ला फर्केका थिए। जसमा डोल्पाका दुई नगरपालिका र ६ गाउपालिका गरेर ८ ओटा स्थानीय तहमा ३९ ओटा क्वारेन्टाईन र दश बेडको एउटा आइसोलेसन स्थापना गरेर नागरिकलाई राखिएको थियो।

 

प्रकाशित: २६ वैशाख २०७७ १८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App