८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

'परीक्षण कम हुँदा कोरोना भाइरसले झुक्याउँदै छ'

लहान- प्रदेश २ मा भारतबाट आएकाहरुबाट नै कोरोना संक्रमणको जोखिम देखिएको छ। पछिल्ला केहि सातामा मात्रै चोरबाटो हुँदै दुई हजारको हाराहारीमा नेपालीहरु भारतबाट फर्केका छन्। तर उनीहरुको पहिचान र कोरोना परीक्षणको गति भने निकै सुस्त छ।

सरकारले चैत १० गत्तेदेखि लकडाउनको अवधि थप्दै लगेको छ। लकडाउन पुनः थप्ने तयारी चल्दै छ। लकडाउनको अवधिलाई सदुपयोग गरेर धैरै भन्दा धेरै परीक्षणहरु गर्नुपथ्र्यो। तर त्यसो गर्न सकिएको छैन। भेटिएका संक्रमितको समुचित ढंगले कन्ट्याक्ट ट्रेसिङ तथा धेरैभन्दा धेरै परीक्षण गर्न सकिए त्यसले लकडाउनको प्रभावकारिता देखिने चिकित्सकहरुको भनाई छ। ‘हामीकहाँ अहिले लकडाउनको अवधिलाई सदुपयोग गरेर जुन रूपमा परीक्षणहरू हुनुपथ्र्यो, त्यो भएको छैन। त्यसैले लकडाउन मात्रैले हामीलाई धेरै फाइदा गर्नेवाला छैन,’ नारायणी अस्पताल विरगंजका प्रमुख डा. मदन उपाध्यायले भने,‘ परीक्षणको दायरा नबढाउने हो भने त लकडाउनले फाइदा दिनेबाला छैन।’

प्रदेश २ का कोरोना संक्रमित विरामीको उपचार गर्ने एक मात्र अस्पताल नारायणी अस्पताल वीरगंजका प्रमुख डा. उपाध्यायको भनाइमा यस प्रदेशमा फेला परेका कोरोना संक्रमित विरामी सबै लक्षण बिनाका(एसिम्पोमेटिक) छन्। यस प्रकारका संक्रमितले समाजमा बढाउने जोखिमको आयतन धेरै हुन्छ। थाहा नपाई मानिसहरु संक्रमित भैरहेका छन। डा. उपाध्याका अनुसार यस प्रदेशमा १३ जना संक्रमितहरु स्क्रीनिङ मार्फत फेला परेका हुन। उनीहरुमा कुनै लक्षण थिएन। 

यस प्रदेशमा सोमबारसम्म दुई हजार ५ सय १० वटा स्वाब(नमुना) संकलन गरिएको छ। जसमध्ये दुई हजार २ सय ९२ नमुनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भने १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। दुई सय ५ वटा नुमना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

वीरगंज–३, छपकैयाका ३६ वर्षिय व्यक्तिमा आइतबार संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेकाहरुको विवरण संकलन गरि परीक्षण गरिँदैछ। यसअघि छपकैयाकै तीन जना भारतीय नागरिकलाई प्रयोगशाला परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको थियो। उनीहरुको सम्पर्क व्यक्तिको विवरण संकलन गरी गरिएको परीक्षणबाट ५५ वर्षीय सफाइकर्मी पुरुषमा पनि कारोना पोजेटिभ पाइएको थियो।

कोरोना संक्रमितको संख्या थपिँदै गएसँगै उपचार अस्पतालको अवस्था कतिको भरपर्दो छ ?  प्रयोगशाला परीक्षणको अवस्था कस्तो छ ? यसै सन्दर्भमा प्रदेश २ का एकमात्र कोरोना उपचार अस्पताल, नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायसँग गरिएको कुराकानी :
 

प्रकाशित: २३ वैशाख २०७७ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App