८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सिन्धुलीमा आइसोलेसन खाली, क्वारेन्टाइनमा १ जना मात्रै

सिन्धुलीको कमलामाई नगरपालिकास्थित भु-संरक्षण कार्यालयको भवनमा बनाइएको क्वारेन्टाइन । तस्बिर : अनिल/नागरिक

सिन्धुली- कोरोना भाइरस रोकथाम तथा उपचारका लागि जिल्ला अस्पतामा बनाइएको आइसोलेसन सिन्धुलीमा खालि भएको छ । दुई नगरपालिका र साता गाउँपालिका रहेको जिल्लाभर ३३ ओटा आइसोलेसन सबै खाली रहेको जिल्ला अस्पतालका प्रमुख लक्ष्मण खड्काले जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना भाइरसले नेपाल पनि जोखिममा रहेपछि सिन्धुलीमा आइसोलेसन बनाइएको थियो । जिल्लाभर आइसोलेसन खाली रहेको छ भने क्वारेन्टाइन समेत खाली हुने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । उनका अनुसार हाल १ जना मात्रै क्वारेन्टाइनमा रहेकाले तत्कालिन अवस्थामा जिल्लास्थित क्वारेन्टाइन र आइसोलेसन खाली हुने अवस्था रहेको छ ।

जिल्लाका विभिन्न स्थानमा गरि ५८ जना क्वारेन्टाइनमा बसेर डिस्चार्ज भइसकेको र १ जना उदयपुरबाट सिन्धुली आएकाले क्वारेन्टाइनमा राखिएको प्रजिअ पाण्डेले बताए । आइसोलेसन सबै खाली छ, १ जना क्वारेन्टाइनमा हुनुहुन्छ, उनले नागरिकसँग भने, विरामी भएर शंका लागेमा आइसोलेसन राख्ने हो हाल त्यस्तो अवस्थाका विरामी छैनन् । आरडिटी टेष्ट गर्दा नेगेटिभ आएकालाई क्वारेन्टाइनमा नराखिएको जानकारी दिँदै प्रजिअ पाण्डेले भने कोरोना देखिएका जिल्लाबाट आएकालाई क्वारेन्टाइनमा राखिएको हो ।

बाहिरी जिल्लाबाट पछिल्लो समय सिन्धुलीमा दुई हजार भन्दा बढी भित्रिएका भएपनि उनिहरु सिधै घर गएपछि क्वारेन्टाइन खाली रहेको हो । हाम्रो गाउँपालिकाको क्वारेन्टाइन हाल खालीनै रहेको छ, तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले भने, काठमाडौ र पोखराबाट एक हजारभन्दा बढी यस गाउँपालिकामा भित्रिएका छन्, उनिहरुलाई हाम्रो हेल्थ डेक्समा तापक्रम जाँच गरि सिधै घर पठाइएको छ । बाहिरी जिल्लाबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्न सक्ने अवस्था नभएकाले सिधै घर पठाइएको सम्बन्धित गाउँपालिकाहरुले जनाएका छन् ।

कोरोना संक्रमित जिल्लाबाट तथा कोरोना संक्रमितको नजिकबाट सिन्धुली प्रबेश गरेकालाई मात्रै क्वारेन्टाइनमा राखिएको र काठमाडौसहित बाहिरी जिल्लाबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएकाले क्वारेन्टाइन खाली रहेको प्रजिअ पाण्डेले बताए ।

 

प्रकाशित: २१ वैशाख २०७७ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App