coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

नेपालका कोरोना संक्रमितमा किन गम्भिर असर परेन ?

काठमाडौं, - नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । यी दुवै जना कुनै स्वास्थ्य समस्या विनै  निको भएका थिए । देशभरमा कुल संक्रमित ५९ जना मध्येमा १६ जना पनि कुनै जटिल समस्या विनै डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा वृद्व–वृद्वा,उच्चरक्तचाप,दम,मिर्गौला,मधुमेह,क्यान्सर र मुटु रोगीहरुमाल जटिलता ल्याउँछ र मृत्यु गरेको अध्ययनले देखाएका छन् । तर नेपालमा वृद्व–वृद्वा तथा दीर्घरोगीहरुमा समेतमा कुनै समस्या नआएको चिकित्सक बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड– १९ संक्रमितमा ज्वरो आउने,सुख्खा खोकी लाग्ने,नाकवाट पातलो पानी वग्ने,श्वास फेर्न गाह्रो हुने र थकाइ लाग्ने जस्ता लक्षण हुन्छन् । 
 वाग्लुङ्गकी कोभिड संक्रमित ६५ वर्षीय महिलामा पहिल्यै दम र उच्च रक्तचाप थियो । तर उनमा कोरोनाले देखाउने कुनै लक्षण थिएनन् ।  न श्वास फेर्न कठिन थियो,न त ज्वरो नै आएको थियो । ‘ कोरोनासित सम्वन्धित कुनै लक्षण नै थिएन ’ धौलागिरी अस्पतालका सूचना अधिकारी डा. तिर्थ गौतमले भने । 

त्यसै गरी वेलायतवाट फर्केर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेकी पेप्सिकोलाकी ८१ वर्षीय वृद्वा महिलामा पनि कुनै  पनि जटिलता थिएन । उनी मात्र हैन निको भइसकेका उनकै ५५ वर्षीय छोरामा पनि समस्या थिएन । पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले भने,‘उहाँहरु दुवैमा अस्पताल आउनु र आइसकेपछि पनि कुनै समस्या थिएन’ । 

८  जना कोभिड १९ उपचार गरिरहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा कोरोना संक्रमित कुनै पनि विरामीमा जटिल समस्या नदेखिएको अस्पतालका सुपरिडेन्ट डा. मदन उपाध्यायले बताए । हालसम्म १४ देखि ५० वर्षभित्रका १२ जनाको उपचार भएको छ । जसमा चार जना निको भएर लगइसकेका छन् भने वाँकी ८ जना उपारमै छन् । यी सवैमा कोरोनासित सम्वन्धित कुनै लक्षण नभएको अस्पतालका सुुपरिडेन्ट डा.उपाध्याय बताउँछन् । ‘उनीहरु मध्ये केही दीर्घरोगी पनि हुन् तर उनीहरुमा कोरोनाले ल्याउने कुनै जटिलता छैन’उनले भने । हाल उपचार गरिरहेका केहीमा क्षयरोग,उच्चरक्तचाप, मुटुरोग जस्ता दीर्घरोगी  पनि छन् । उनीहरुलाई आफ्नो नियमित औषधी वाहेक थप उपचार दिनु नपरेको उनले जनाए । 

३१ जना कोभिड १९ को विरामी उपचार गरिरहेको कोशी प्रादेशिक अस्पतालमा १८ देखि ६३ वर्षभित्रका संक्रमितहरु छन् । उनीहरु मध्ये ३ जनामा मधुमेह,१ जनामा उच्च रक्तचापको समस्या छ । यी दीर्घरोगी मध्ये कुनैमा पनि कोरोनासित सम्वन्धित लक्षण र जटिलता नभएको अस्पतालकी मेडिकल सुपरिडेन्ट डा. संगिता मिश्रले बताइन् । ‘सवै जनाको स्वास्थ्य अवस्थामा सामान्य छ र खास लक्षण पनि छैन,नेपालभरकै संक्रमितहरु सामान्य छन् ’ उनले नागरिकसित भनिन् । यो दृष्य देखेकी डा.मिश्रलाई  नेपालमा देखिएको कोरोना भाइरसको जिनमा परिवर्तन आएको हन सक्ने लागेको छ । 

नारायाणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा. उपाध्यायले  संक्रमितको अवस्थाले आश्चर्यमा परेको बताए । प्रदेश २ मा देखिएका संक्रमित सवै भारतवाट आएका थिए । नेपाल तथा दक्षिण एशियामै कोभिड १९ को फरक परिणाम आएपछि विश्व स्वास्थ्य संगठनले कोभिडको लक्षण समेत थपिरहेको बताए । डा.उपाध्याय या त नेपालीले कोभिड १९ पचाउने प्रतिरक्षा क्षमता नेपालीको शरिरमै भइसकेको या भाइरसमै परिवर्तन भएको हुन सक्छ । ‘यसको यकिन गर्न अनुसन्धान हुन आवश्यक छ ’ उनले भने । 

कोरोना संक्रमित मध्ये कुनैमा पनि लक्षण नै नदेखिएपछि कोभिड– १९ नयाँ प्रजातिको भाइरस भएकोले यस विषयमा अनुसन्धान हुनु पर्ने विज्ञहरु वताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डा. श्रवण कुमार मिश्रका अनु’सार विसिजी (क्षयरोग)विरुद्धको खोपले शरिरमा प्रतिरक्षा शक्ति संचित भएको हुन्छ र उक्त प्रतिरक्षा शक्तिको कारणले संक्रमितमा समस्या नआएको हुन सक्छ । रगतमा सकृय  ‘टि लिम्फोसाइट’ सेलको माध्यमवाट कुनै पनि किसिमको भाइरस संक्रमित कोशिकालाई मार्न सक्ने  हुनाले विसिजी खोप लिएको व्यक्तिमा यो रोगको गम्भिर असर नभएको हुन सक्छ  । संक्रमणमा टि सेल र वी सेल सकृय नभएको अवस्थामा  एन्टिवडी निर्माण भएको हुँदैन ।  त्यस्तो व्यक्तिमा पुन संक्रमण हुने  सम्भावना हुन सक्छ ।  यस्ता व्यक्तिमा  संक्रमित भएर पनि एन्टिवडी (भाइरविरुद्धको प्रोटिन) नबेनेको कारण आरडिटीमा (–यापिड डाइग्नोसिस परिक्षण) नेगेटिभ देखिएको हुन  सक्छ ।  श्वास–प्रश्वास प्रणालीमा हुने   (वाहिरी झिल्ली) म्युकोषा पारगरेपछि भित्री छालाको वाहिरी भागमा न्युट्रोफिल , डेन्डाइट्रिक सेल र  म्याक्रोफेज तीन किसिम  सेलहरु  हुन्छन ।  यी तीन वटा सेलहरुले  भाइरस नष्ट गर्न सक्छ . । यसलाई पनि पार ग¥यो भने  रगतमा भएको ‘टि’ सेल र ‘बि’ सेल सक्रिय हुन्छन, र भाइरस संक्रमित सेललाई मार्छन् । 

डा. मिश्रका अन’सार नेपालमा लिइने बिभिन्न खोपहरुले पनि यो भाइरस विरुद्धको प्रतिरक्षा शक्ति  बलियो बनेको हुन सक्छ । तेस्रो कुरा अहिले नेपालमा देखिएको कोरोना भाइरसको जेनेटिक ओआरएफ – वान,वी एन दुवैको जेनेटिक वनाट हेरिनु पर्छ । ।  चौथो  सन् २०११ देखि २०१४  सम्म सर्लाहीमा अमेरिकाको वासिंगटन विश्वविद्यालयले ६ महिनाका वच्चाहरुमा अनु सन्धान गरेको थियो ।  जसमा ह्युमन कोरोना भाइरसको  चार किसिमको प्रजाति ओसि–४३, एच.के.यु.१, २२९ इ, एनएल– ६३ पाइएको थियो . यी चार वटा प्रजातिका भाइरसले मौसमी हुन् ।यो ह्युमन कोरोना भाइरस देखिएको  हुनाले नेपालीहरुमा यो भाइरस विरुद्धको इम्युनिटी भइसकेको हुन सक्छ । सिओभि – २ भाइरस नेपालमा पाचौं प्रजातिको कोरोना भाइरस सन् २०२० मा भेटिएको हो । यो नयाँ भाइरस भएको ह’नाले अन’सन्धान विना बास्तविक तथ्य भन्न नसकिने डा. मिश्र बताउँछन् . यसको लागि तीन साता अघि डा. मिश्रकै नेतृत्वमा पाँच जनाको अन’सन्धान टोलीले  नेपाल स्वास्थ्य अन’सन्धान परिषदमा यस सँग सम्बन्धित अन’सन्धान प्रस्ताव दर्ता भएको छ .  प्रस्ताव पारित भएमा अन’सन्धान अघि बढाइने डा. मिश्रले बताए . यसमा स्वास्थ्य मन्त्रालयले अन’सन्धान स्वीकृति दिएको खण्डमा स्वास्थ्य मन्त्रालयको अगुवाइमा अन’सन्धान शुरु गरिने मिश्रले बताए .    

राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले यो नयाँ भाइरस भएको र नेपालमा धेरैमा नफैलिसकेको हुनाले यसको प्रभाव कस्तो पर्छ भनेर अहिल्यै भन्न  ठोकुवा गर्न नसकिने बताए । ‘नयाँ भाइरस हो,यसको असर कति पर्छ,अहिल्यै भन्न सकिंदैन,सकेसम्म सवै जना सजक भएर बस्नु नै उचित हुन्छ’उनले भने । 

शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेर बहादुर पुनले नेपालमा कोरोनाको पुरै प्रभाव हेर्न थप समय पर्खिनु पर्ने बताए । तर हालसम्म संक्रमितमा देखिएको लक्षण विहिन स्थिति अनुसन्धानकै विषय रहेको बताए । उनको विचारमा नेपालमा पहिला नै ह्युमन कोरोना भाइरस रहेको र त्यसको विरुद्धको मानिसहरुमा प्रतिरक्षा क्षमता विकास भएको हुन सक्छ  । दोस्रो हालै अमेरिकी वैज्ञानिकहरुले गरेको प्रारिम्भक अनुसन्धानमा सूर्यको विकिकरण र सापेक्षिकक आद्रताले समेत कोरोना भाइरस मर्ने तथ्य अघि सारेको छ । नेपालमा भाइरसलाई पुग्ने सूर्यको विकरिण आउने गरी गर्मी मौसम सुरु भएको उनको तर्क छ । गर्मी मौसम सुरु हुनुले पनि कोरोना भाइरसको संक्रमण तिब्र रुपमा हुन नसककेको हुन्छ । 

तेस्रो कारणमा नेपालीहरुमा परम्रपरागत चलन हात धुने वानीले पनि भाइरस संक्रमणलाई कमी गरेको हुन सक्ने पुनले बताए ।  तर खास भाइरसको प्रभाव हेर्न भने वर्षदिनको परिणाम पर्खिनु पर्ने उनको तर्क छ । ‘कम्तीमा एक वर्षसम्म यसको असर हेरेपछि मात्र कारण  खोज्न र भन्न सजिलो हुन्छ’उनले भने । 

राष्ट्रिय इपिडियामोलोजी विभागका पुर्व निर्देशक डा. वावुराम मरासिनी पनि विसिजी खोपकै प्रभाव हुने सक्ने बताए । विकसित राष्ट्रहरुमा सयौ वर्ष अघि नै क्षयरोग नियन्त्रणमा भएपछि यसको विरुद्ध खोप दिन  रोकेका थिए ।  नेपालमा यो खोप सन् १९६० देखि आजसम्म निरन्तर छ । यो कारणले पनि नहुन सक्छ । खोप ढिला सुरु भएको इरानमा कोरोनाको असर गम्भिर देखिएको र मृत्यु पनि धेरै भएको डा. मरासिनीको तर्क छ । विसिजी खोप लगाइने देशहरु नेपाल,भारत,जापान भारत कोरोको संक्रमण र जटिलता समेत कम देखिएको उनको तर्क छ । दोस्रो कुरा हात मिलाउने र गला मिलाउने चलन नेपालमा नभएकोले पनि भाइरस संक्रमणदरमा कमी भएको हुन सक्ने उनको तर्क छ । 

तेस्रो कारणमा जुन–जुन देशमा ठूला–ठूला भवन र लिपट्हरु,अण्डरग्राउण्ड रेलवेका प्रयोग हुने देश तथा मुख्य सहरहरुमा यसको फैलवाट बढी रहेको उनले बताए । ‘भारतको दिल्ली,वम्वैमा कोरोना संक्रमण बढी हुनुको कारण पनि यस्ता साधनको प्रयोग हुनुको कारण हुन सक्छ’मरासिनीले तर्क राखे । अल्पविकसित देशमा मानिसहरु पशुपंक्षीसित बढी नजिक हुने र उनीहरुमा हुने कोरोना भाइरस पहिल्यै प्रतिरक्षाको भएको हुन सक्ने उनको अर्को तर्क छ । तर यस विषयमा अनुसन्धान विना यकिन गर्न नसकिने मरासिनीले बताए । 

जापान स्थित होकाइदो विश्वविद्यालयका प्रयोगशाला विज्ञान विभागमा कार्यरत डा. रोजित श्रेष्ठका अनुसार विश्वमै कोभिड–१९ को मृत्युदर कम रहेको र वृद्ध–वृद्धाहरु बढी भएको मूलुकमा मात्र यसको असर बढी परेको उनले बताए ।‘इटली र अमेरिकामा वृद्वाहरुको संख्या बढी छ,त्यसकारण त्यहाँ बढी मृत्युदर पनि देखियो’उनले भने । उनले भने,‘जापानमा पनि ७०÷८० प्रतितशतमा कुनै गम्भिर लक्षण देखिएन’ । वातवरणीय  तथा जेनेटिक प्रभाव र विसिजी खोपको भूमिका हुन सक्ने उनले बताए ।  वंशाणुगत संवेदनशिलता अनुसार भाइरुसको फरक प्रभाव परेको दखिन्छ ।  तर वास्तविक कुरा पत्ता लगाउन शरिरको एन्टिवडीको अनुसन्धान हुनु पर्ने उनले बताए ।

प्रकाशित: २० वैशाख २०७७ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App