coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सीमानाबाट घर फर्किन पाउँदाको खुसी

दार्चूला- सरकारले  लकडाउनको घोषणा गर्दै सीमानाका समेत बन्द गरेपछि दार्चुलाको भारतीय सीमा क्षेत्रमा फसेका नेपाली मजदुरहरु ३५ दिन पछि नेपाल फर्केका छन।  भारतको पिथौरागढ जिल्लाको   विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई घर फर्काइएको हो।

भारतमा ज्याला मजदुरी गर्नेहरु दुवै देशमा लकडाउन भएपछि घर फर्कन सीमा नाकाहरुमा जम्मा भएका हरुलाई भारतीय पक्षले चैत्र १७ गतेदेखि  विभिन्न शिविरहरुमा राखेको थियो। विहिबार दार्चुलाका दुई नाकाहरु खोलेर स्वदेश फिर्ता गराईएको हो। बैतडी र बझाङ जिल्लाका नागरिकहरुलाई दत्तु पुलघाँट नाका  तथा दार्चुला र अन्य जिल्लाका नागरिकहरुलाई खलंगा पुलघाँटबाट स्वदेश ल्याईएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिँह कुवँरल बताए।  खलंगा पुलघाँटबाट आएकाहरुको महेन्द्र नमुना मावि खलंगा र खुलामञ्चमा स्वास्थ्य चेकजाँच गरेर   आजै सम्बन्धित स्थानीय तहमा पठाईएको   छ भने दत्तु पुलघाँटबाछ  प्रबेश गरेकाहरुको दत्तु खेलमैदानमा स्वास्थ्य चेकजाँच गरि सम्बन्धित जिल्लामा पठाउँदै गरिएको छ।

खलंगा नाका दिउँसो  तथा दत्तु नाका भारतमा अलपत्र परेका नागरिकको संख्या बढी भएको आसपासका क्षेत्रबाट थप ब्यक्तिहरु समेत थप भएकाले बेलुकी साढे पांच बजेसम्म खोलिएको र केही नेपाली अझै भारतमा रहेकोले नाका तर्फ आई रहेको खबर प्राप्त भएकाले उनीहरु आएपछि  अझै  दत्तु पुल खुलाउने  पहल समेत भइरहेको  प्रशासनले जनाएको छ।

  आफ्नो स्थानीय तहको नागरिकलाई लिनको लागि बझाङ र बैतडी जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु  गाडी सहितको व्यवस्था गरी  दार्चुला आइपुगेका थिए। आफ्ना नागरिकहरु लैजान भन्दै बझाङको बुंगल नगरपालिकाका नगरप्रमुख धन बहादुर बिष्ट एक सातादेखी दार्चुलामा नै रहेको र  बैतडीका सोमबार नै जनप्रतिनिधिहरु सदरमुकाम खलंगा आइपुगेका थिए। भारतीय पक्षको जानकारी अनुसार ज्यालामजदुरी गर्न नेपालका ११ जिल्लाबाट पिथौरागडका विभिन्न क्षेत्रमा गएका नेपालीहरु मध्ये सबैभन्दा बढी बैतडीका छन्। उनीहरुलाई सीमापारी धारचुलाको स्टेडिममका साथै गोठी,कालिका,छारछुम, ढुंगातोली बालुवाकोट, निगलपानी बरम, जौलजिबीसम्म राखिएको थियो।

 खलंगा झोलुंगे पुल भएर नेपाल भित्रिनेहरुमा  दार्चुलाका  १ सय ३८ जना,कैलालीका  ६१ पूरुष ९ महिला गरी ७० जना,कंचनपुरका १३ पूरुष १ महिला गरी १४ जना,डडेल्धुराका २२ जना,अछामका १५ पूरुष ३ महिला गरी १८ जना,सुर्खेतका १३ पुरुष २ महिला गरी १५ जना,दैलेखका  २ जना,डोटीका  १ जना र अन्य यस अवधिमा क्वारेन्टीन बाहिर अलपत्र परेका ९६  गरी जम्मा तीन सय ७६ जना  रहेको प्रहरीले जनाएको छ। त्यसैगरी दत्तु नाकाबाट  ९ सय २० जना  नेपाल भित्रिएको  र दत्तु नाकाबाट जिल्लागत विवरण तयार भईरहेको प्रहरीले जनाएको छ। दुबै नाकाबाट कुल  १ हजार दुई  सय ९६ जना  स्वदेश फर्केको र सवैको स्वास्थ्य चेकजाँच गरीएको छ। क्वारेन्टाईनमा राखिएकाहरुको उद्धार सुरु भएपछि भारतमा रहेका अन्य नेपाली पनि आज फर्किन थालेका छन्। धारचुला र  बलुवाकोट आसपासको क्षेत्रमा काम गर्दै आएका नेपालीहरु धमाधम  घर फर्किएका  छन्।

३५ दिनपछि  स्वदेश फर्किन पाउँदा खुसी लागेको  डिलाशैनी गाउँपालिका–१ का जनक ठगुन्नाले प्रतिक्रिया दिदै भने,सरकारले मजदुरको आवाज समयमा सुनेन लकडाउन  पूर्व केही समयको अल्टिमेटम दिनुपर्ने थियो एक्कासी लकडाउन हुदा समस्या भएको छ। स्वदेश  सवैलाई प्यारो हुन्छ,फर्कदा खुसी छौ,यति ढिलाई गरिदा दुःख पनि लागेको छ।

  भारतीय शिविरमा बढी संख्याको कारणले केही व्यवस्थापनमा कमी कमजोरी भएपनि समग्रमा दुई छाक खाना पाउनु नै हाम्रो लागी ठुलो राहत थियो, बैतडीको पुर्चाडी नगरपालिका  ७ काटिलाका उत्तम ऐरले भने, स्वदेशको सरकारले मुख मोडेपछि  विदेशी  भूमिमा शरणार्थी दिन काटिए। हाम्रो सरकार मजदुर जनाताको पक्षमा होईन कमिशन दिनेको पक्षमा मात्रै देखिएकोले दुःख   लाग्छ डिलाशैनी १ कोटपेटराका अंगबीर धामीले भने, क्वारेन्टाइन भनिएका शिविरमा खान, बस्न र स्वास्थ्य उपचारको राम्रो व्यवस्था नभएको धेरै हाम्रा साथीहरु नेपाली महाकाली नदीमा ट्युब तथा तुईन तरेर, पौडी खेलेर, जघाँर तरेर अबैध रुपमा स्वदेश फर्कन बाध्य भएका थिए।

अहिले आफ्ना नागरिकस्थानीय तहले  सवै  व्यवस्थापन गरिहेको छन,आफ्ना नागरिक लैजानको लागी एक हप्तादेखी दार्चुलामा रहेका    बझाङको बुंगल नगरपालिकाका नगर  प्रमुख धन बहादुर बिष्ट  आफ्ना दाजुभाई  संगै लिएर जाने वातावरण बनेकोमा दार्चुला आएको सार्थक भएको बताए।त्यसैगरी बैतडीको पुर्चाडी नगरपालिका जनप्रतिनिधिहरु दार्चुला आएर सवै व्यवस्थापन गरी आफ्ना नागरिक लिएर फर्केका थिए। सम्पर्क नगरेका स्थानीय तहका नागरिकहरुलाई तत्कालका लागि दार्चुलामै क्वारेन्टाइनमा राखिने भएको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App