coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोनासँगै दादुराको प्रकोप, २ बालबालिकाको मृत्यु

काठमाडौं- गत २४ घण्टामा पिसिआर र आरडिटी विधिबाट परीक्षण भएका करिब १७ सय वटा नमुनाहरु नेगेटिभ आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका १ हजार ६ सय ८२ वटा परीक्षण भएकोमा सबैको नेगेटिभ आएको हो ।

अहिलेसम्म नेपालमा ५७ जना संक्रमित रहेको मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले बताए । अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन् । यसैगरी विरगञ्जमा ८ र भरतपुर तथा कैलालीमा १—१ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अहिलेसम्म पिसिआर विधिबाट १२ हजार ११ नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट ४६ हजार ८ सय ६० वटा नमुना परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ४ हजार ९ सय ८५, प्रदेश नम्बर २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ नमुना परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ वटा आरडिटी परीक्षण भएको प्रवक्त देवकोटाले बताउनुभयो । अहिले देशभरी नै २३ हजार हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र उपत्यका बाहिर अस्पतालमा ७७ गरी ८० जना आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झलक गौतमले गत वर्षको पौषदेखि अहिलेसम्म १ सय ८५ जना दादुराका विरामी भेटिएको बताए । झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोरखामा ४ महिनादेखि ४० वर्षसम्मका व्यक्तिमा संक्रमण देखिएको उनले बताए । १ सय ८५ जनामध्ये धादिङ २ जना बालबालिकाको दादुराका कारण मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रकोप देखिएको धादिङमा यहि वैशाख १७ गतेबाट २३ सम्म खोप दिन सुरु गरिएको छ । प्रकोप देखिएको क्षेत्रमा रहेका ६ महिना दखि १५ वर्षम्मका २० हजारलाई खोप दिइने उनले बताए ।

नियमित खोप सेवा सञ्चालन गर्दा भिडभाड नगरी निश्चित दुरी कायम गर्न, खोप सेवा लिदन आउने अभिभावक र बालबलिकाको कोभिड-१९ सँग सम्बन्धित स्क्रिनिङ र सोधखोज गर्न सरकारले स्वास्थ्य संस्थाहरु आग्रह गरेको छ । कुनै व्यक्तिमा कोरोना संक्रमण संकास्पद देखिए जाँचका लागि आवश्यक सल्लाह दिएर उपचारका लागि पठाउन र सेवा दिँदा सर्जिकल मास्क र ग्लोबको प्रयोग गर्ने, साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने पनि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ ।

प्रकाशित: १८ वैशाख २०७७ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App