७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

नेपाललाई यूरोपेली यूनियनको ९ अर्ब ८० करोड आर्थिक सहयोग

लन्डन- यूरोपेली यूनियनले नेपाललाई कोरोना भाइरस नियन्त्रण र त्यसका प्रभावका लागि आर्थिक सहयोग गरेको छ। यूरोपेली यूनियनले नेपाललाई ९ अर्ब ८० करोड आर्थिक सहयोग गरेको हो।

कठिन समयमा यूरोपेली यूनियन नेपालको एक असल मित्र रहेको बताउँदै नेपालका लागि यूरोपेली यूनियनका राजदूत भेरोनिका कोडीले भनेका छन्, 'यस संकटको समयलाई नियन्त्रणमा लिन यो सहयोग महत्वपूर्ण हुनेछ। उच्चजोखिमको क्षेत्रमा प्रभाव कम गर्न यो सहयोगि हुने छ। अन्तराष्ट्रिय सहयोग र एकता पहिलेभन्दा अझ बढेको छ।'

कोरोनाभाइरस महामारी र यसका प्रभावसँग लड्न ईयु, सदस्य देशहरू र युरोपेली वित्तीय संस्थाको स्रोतलाई मिलाएर ईयुले २० अर्ब यूरोको “टीम युरोप” प्याकेज बनाएको छ। ईयूले ४ मेमा कोरोना भाइरसको भ्याक्सिनको विषयमा   विश्वव्यापी अनलाइन सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ।

प्रकाशित: १५ वैशाख २०७७ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App