coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बागलुङकी १९ वर्षिय युवती कोरोना मुक्त भएपछि डिस्चार्ज

बागलुङ - कोरोना संक्रमित बागलुङ नगरपालिका—४ कुँडुलेकी १९ वर्षिया युवती कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। शुक्रबार गरेको छैठौं पटकको स्वाब परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। लगातार चार वटा रिपोर्ट पोजिटिभ देखिएको उनको पाँचौं र छैठौं रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार राती अस्पतालबाट डिस्चार्ज गरिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोख्रेलले जानकारी दिए। 

साँझ ढिलोगरी मात्रै रिपोर्ट आएपछि उनलाई राती अस्पतालले डिस्चार्ज गरेको हो। उनलाई रेडक्रसको एम्वुलेन्समा राखेर नेपाल प्रहरीको स्कर्टमा घर पुर्याइएको थियो।

चैत २० गते कोरोना संक्रमण देखिएकी बागलुङ नगरपालिका—३ गौडाकोटकी ६५ वर्षीया वृद्धा गत साता नै कोरोनामुक्त भएर डिस्चार्ज भएकी थिइन्। चैत ४ गते कतार एयरवेजको जहाजमा बेल्जियमबाट फर्केकी कुँडुलेकी युवतीमा चैत १५ गते कोरोना पोजेटिभ देखिएको थियो। 

 

 

प्रकाशित: १२ वैशाख २०७७ १६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App