coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

झापाका ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

दमक - झापाको दमकका एक ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो। बिहीबार र्‍यापिड टेष्टमा समेत उनी सहित उनका छोरा र श्रीमतिमा समेत पोजेटिभ देखिएको थियो।

तर पीसिआर परीक्षणमा बृद्धमा मात्रै भाइरस देखिएको हो। उनका छोरा चैत ६ गते दुबईबाट नेपाल आएका थिए। ३५ बर्षिय ती युवामा कोरोनाको र्यापीड परीक्षणमा पोजेटिभ देखिएपछी उनका परिवारका सदस्यलाई पनि परीक्षण गरिएको थियो। ती युवाले २१ दिन घरमै बिताएको स्वास्थ्य परीक्षणमा भनेका थिए। तर पीसिआर परीक्षणमा भने आमा र छोराको भने नेगेटिभ देखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी कुवेर भटटराईले जानकारी दिए।

उनका अनुसार संक्रमण देखिएका बृद्धको ट्राभल हिस्ट्रि बुझ्ने काम भइरहेको छ। भटटराईकै अनुसार संक्रमण देखिएका बृद्धको घरमा परीवारिक समारोह पनि थियो। संक्रमित परिवारका सदस्यलाई दमक अस्पतालमा आइसोलेसनमा राखिएको छ।

प्रकाशित: १२ वैशाख २०७७ १५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App