coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोना मुक्त भएपछि डिस्चार्ज भइन् बागलुङकी ६५ वर्षिय महिला

बागलुङ- धौलागिरी अस्पताल बागलुङमा कोरोनाको उपराचर गराइरहेकी ६५ वर्षिय महिला डिस्चार्च भएकी छन्। अस्पतालबाट डिस्चार्ज भएपछि रेडक्रसको एम्वुलेन्समा राखेर प्रहरीले उनलाई बागलुङ नगरपालिका ३ गौंडाकोट स्थित घरमा पर्याएको थियो।

 उनका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक नवराज शर्माका अनुसार बिहीबार र आजको रिपोर्ट नेगेटिभ आएको हो।

उच्च रक्तचाप र दमको रोगी भए पनि उनले अन्य स्वास्थ्य समस्या देखिएको थिएन। चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर कतार एयरको क्यूआर ६५२ फ्लाइटबाट नेपाल आएकी थिईन्। उनीसंगै आएकी बानपा—४ कुँडुलेकी १९ वर्षीया युवतीमा भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ। संक्रमित अर्की एक युवतिको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित: ६ वैशाख २०७७ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App