coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बागलुङकी ६५ वर्षिया वृद्धा कोरोना मुक्त, डिस्चार्जको तयारी

बागलुङ- धौलागिरी अस्पताल बागलुङमा कोरोनाको उपराचर गराइरहेकी ६५ वर्षिय महिलाका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक नवराज शर्माका अनुसार बिहीबार र आजको रिपोर्ट नेगेटिभ आएको हो।

यस अघिको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार स्वाव पठाएर शनिबार दिउँसो भएको परीक्षणमा उनको चौथो रिपोर्ट पनि नेगेटिभ आएको हो। लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारीमा रहेका जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए। उच्च रक्तचाप र दमको रोगी भए पनि उनले अन्य स्वास्थ्य समस्या देखिएको थिएन। चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर कतार एयरको क्यूआर ६५२ फ्लाइटबाट नेपाल आएकी थिईन्। उनीसंगै आएकी बानपा—४ कुँडुलेकी १९ वर्षीया युवतीमा भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ।

संक्रमित अर्की एक युवतिको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित: ६ वैशाख २०७७ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App