coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

घर आगनमै सिटामोलदेखि अक्सिजन सिलिन्डर

दमका बिरामीलाई अक्सिजन सिलिन्डर लिएर जाँदै गरेका मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका।  तस्वीर : नागरिक

म्याग्दी – जिल्लाको मंगला गाउँपालिका–३, भाँक्रीपानी निवासी धन बहादुर विकलाई सास फेर्न समस्या भएपछि सुत्ने कोठामै अक्सिजनको सिलिन्डर राखिएको छ। दमको रोगी विकलाई शरीरमा अक्सिजन सहज बनाउन आवश्यक पर्ने अक्सिजनको सिलिन्डर खाली भएपछि छटपटी भयो। कोरोना भाइरको जोखिमलाई रोक्न सरकारले गरेको लकडाउनका कारण बजारमा सिलिन्डको अभाव भएपछि तत्कालै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकालाई खबर गरे। घरमा राखिएको अक्सिजन सिलिण्डर सकिएको जानकारी अध्यक्ष रोकाले पाएलगत्तै आवश्यक पर्ने सिलिन्डर नै लिएर घरमै पुगेपछि विक उत्साहित भएका छन्। 

‘लकडाउनले नियमित ल्याउने ठाउँमा पनि पाइएन्,‘श्वास फेर्न गाह्रो भएको अवस्थामा घरमै ल्याइदिनुभयो’ बृद्ध विकले भने। उनले सिलिन्डर नै नपाउने चिन्ताले सताइरहेको अवस्थामा गाउँपालिका अध्यक्ष रोकाको पहलमा सवारीसाधनको प्रयोग गरी घरमै अक्सिजन आइपुगेपछि खुशी भएको बताए। उनले अध्यक्ष रोकालाई आभार प्रकट समेत गरे। लकडाउनमा गाउँपालिका भित्र नियमित औषधि सेवन गर्नेहरूलाई घरदैलोमै औषधि ल्याईदिने गाउँपालिकाले विकको समस्या जटिल देखेर सवारीसाधनकै प्रयोग गरी घरसम्म पु¥याइदिएको अध्यक्ष रोकाले बताए। ‘अक्सिजनको अभावमा ज्यान जानसक्ने जोखिमले हतारहतारमा पुगे,‘थला पर्नुभएका विकको घरमै सिलिन्डर पुगेपछि उत्साहित हुनुभयो’ उनले भने। विकलाई नियमित ढुवानीको समस्या हुने देखेर दुईवटा पहिला र थप ६ वटा सिलिन्डरको ब्यवस्था गरिएको अध्यक्ष रोकाको भनाई छ। 
लकडाउन अवधिभर ५ वटै वडामा रहेका दिर्घरोगीको पहिचान गरी औषधि उपलब्ध गराउन स्वंयमसेवक समेत परिचालन गरिएको छ। वडाभित्रका जनप्रतिनिधिले विरामीको पहिचान गरी आवश्यकता अनुसार औषधि उपलब्ध गराउने गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए। ‘जटिल अवस्थाका बिरामीलाई भेट्ने योजना नै बनाउनुभएको छ,‘बिरामीलाई औषधीको अभावमा कुनै समस्या हुदैन’ गौतमले भने। उनले  विरामीको आवश्यकता अनुसारको औषधीको प्रबन्ध मिलाउन अध्यक्ष रोकाको निर्देशन अनुसार नै वडास्तरमा परिचालन गरिएको बताए। 

लकडाउनमा ‘मधुमेह र उच्च रक्तचापका बिरामीले हरेक महिना किन्ने गरेको औषधि मौज्दात सकिन थालेपछि गाउँपालिकाले आवश्यक औषधिको विवरण संकलन गरी विरामीको पहिचान समेत गरिसकेको छ। लकडाउन सुरू भएपछि समान्यदेखि चिकित्सकको नियमित निगरानी चाहिने बिरामीलाई समेत स्वयंमसेवकले समेत चिकित्सकलाई  फोन गरी आवश्यक जानकारी समेत लिने गरेका छन्। यता रघुगंगा गाउँपालिकाले समेत ८ वटै वडाभित्रका जनप्रतिनिधिलाई विरामीको सूची तयार पारेर उपलब्ध गराउन निर्देशन दिइएको अध्यक्ष भबबहादुर भण्डारीले बताए। उनका अनुसार समान्य बिरामीदेखि दिर्घरोगीलाई गाउँपालिकाकै खर्चमा औषधि सहयोग गर्ने बताए। 

 

प्रकाशित: ६ वैशाख २०७७ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App