coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

के चीनकाे प्रयोगशालाबाट बाहिरिएको हो कोरोना भाइरस ?

काठमाडौं– विश्वभर अहिले कोरोना भाइरस कसरी र कहाँबाट आयो भनि विभिन्न किसिमका मान्यताहरुको विकास भइरहेको छ। केहि अनुसन्धानकर्ताले यो भाइरस जनावरबाट मानिसमा सरेको दावी गरिरहेका छन्। तर, कुन जनावरबाट ? यसलाई लिएर अहिलेसम्म भने कोहि पनि निचोडमा पुगिसकेका छैनन्।

केहि अनुसन्धानकर्ताहरुले यो भाइरस सालकबाट मानिसमा पुगेको त कसैले चमेरोबाट मानिसमा पुगेको दावी गरिरहेका छन्। कतिपयले यो चीनको जनावर बजारबाट आएको बताएका छन्। चीनमा धेरैजसो जंगली जनावरलाई खान वा औषधि बनाउनको लागि खुल्ला व्यापार गर्ने गरिन्छ। यहि जनावरको माध्यमबाट कोरोना भाइरस मानिसमा पुगेको अनुसन्धानकर्ताहरुको दावी रहेको छ।

केहि समयसम्म चमेरोलाई नै कोरोना भाइरसको स्रोत मानिएको थियो। केहि अध्यताले चीनको वुहान शहरमा रहेको जनावर बजारबाट नै यो भाइरस मानिसमा पुगेको र विश्वभर फैलिएको दावी समेत गरेका छन्।

यस्तै, एउटा शोधमा कोरोना भाइरस सालकबाट मानिसमा सरेको बताइएको छ। सो शोधका अनुसार सालकमा पाइने भाइरस कोरोना भाइरससँग मेल खाएको छ। तर यो शोध अहिलेपनि सुरुवाती चरणमै रहेको छ।

यसका साथै अहिले अर्को विषयले पनि चर्चा पाएको छ कि यो भाइरस प्रयोगशालामा तयार भएको हो। तर, के यो भाइरस चीनको वुहान शहरको कुनै ल्यावमा नै तयार भएर संसारभर फैलिएको हो तरु  

अमेरिकी गृह मन्त्रालयको एक सुत्रका अनुसार दुतावासका अधिकारी चीनको वुहान शहरस्थित एक भाइरस ल्यावको जैविक विविधतालाई लिएर चिन्ता प्रकट गरेको थियो। यो ल्याव त्यही शहरमा छ जहाँ कोरोना भाइरस संक्रमणको पहिलो लक्षण पुष्टी भएको थियो र पुरै संसारभर फैलिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यै भनिसकेका छन् कि अमेरिकी सरकार यो अपुष्ट रिपोर्टको बारेमा गरिरहेको छ र यो भाइरस प्रयोगशालाबाट नै बाहिर आएको रिपोर्टको दावी छ। तर यस्तो हो भने यो महामारी प्रति अहिले जुन प्रकारको धारणा रहेको छ त्यो धारणमा नयाँ रुप देखिन सक्छ।

सुत्र के भन्छ ?
द वासिङटन पोस्टले चीनस्थित अमेरिकन दूतावासको सुत्रको आधारमा सन २०१८ मा अमेरिकी बिज्ञान विभाग चीनको शोध तथा सुविधाको निम्ति गएको थियो र त्यहाँको भाइरस ल्यावका सुरक्षा अपर्याप्त रहेको र त्यसको सुरक्षाको बारेमा चेतावनी दिएको थियो।

द वासिनङटन पोष्टमा छापिएको यो लेखका अनुसार अनुसन्धानको क्रममा वुहान गएको अधिकारीले वुहान इस्टिच्युट अफ वायोलोजीमा सुरक्षा र प्रविधिको कमीको बारेमा चिन्ता जाहेर गरेको थियो। उनीहरुले यो सवालमा मद्दत मागेको थियो। यस विषयमा सालक र चमेरोेबारेमा ल्यावमा कोरोना भाइरसको रिसर्च भइरहेको थियो र सार्स जस्तै कुनै नयाँ भाइरसको महामारी फैलने सक्ने बताइएको थियो।

द वासिङटन पोष्टले सुत्रका अनुसार यस्तो दावीले अमेरिकी सरकारले चर्चा गरेको जस्तै कोभिड १९ महामारी भाइरसको स्रोत वुहान इन्टिच्युट अफ वायोलोजी हो वा अन्य वुहानकै कुनै दोस्रो ल्याव हो।

यसैबीच फक्स न्युजले पनि  ल्याव थ्योरीको बारेमा रिपोर्ट प्रस्तुत गरिरहेको छ। कोरोना भाइरस बारेमा पहिलो पटक गतवर्ष डिसेम्वरमा पहिचान भएको थियो। यसको सुरुवाती लक्षण चीनको वुहान शहरको जनावर बजारसँग जोडिएको छ। तर यहाँ स्पस्ट गर्न के जरुरी छ भने अहिलेसम्म  यो भाइरसको बारेमा कुनै बैज्ञानिक पुष्टी भएको रिसर्च रिपोर्ट आएका छैनन् र अहिलेसम्म प्रस्तुत भएको रिपोर्टहरु सुरुवाती अनुसन्धानको रुप हो। अहिलेसम्म कोरोना भाइसर ल्यावमा भएको गल्तीबाट बाहिरीएको कुनै तथ्य छैन।

प्रयोगशालामा कस्तो सुरक्षा अपनाइन्छ
जुन प्रयोगशालामा भाइरस वा व्याक्टेरियाको बारेमा शोध तथा अनुसन्धान हुन्छ त्यहाँ बीएसएल स्ट्यान्डर्स सिस्टम बायो सेफ्टी लेभलको पालना गरिन्छ।

यसको चार लेभल हुन्छ। जुन अध्ययन हुन गइरहेको यसको जैविक एजेन्ट र उसलाई अलग गर्नको लागि अपनाइने सावधानीमा सुरक्षको निर्भर हुन्छ। वायोसेफ्टी लेभल एक सबैभन्दा निम्नि तहको जुन सामान्य प्रयोगशालामा गर्न सकिन्छ। यस कामबाट मानिसलाई कुनै खतरा हुँदैन।

जसरी भाइरसको जाँचमा लेभल बढ्दै जान्छ सावधानी बढाउनु पर्ने हुन्छ।  वयोसेफ्टीको लेभल सबैभन्दा माथि हुँदा अत्यन्तै धेरै सावधानीको आवश्यक्ता पर्छ। वायोसेफ्टीको चार लेभलमा पुग्दा खतरनाक भाइरसको अनुसन्धान गर्न र उसको खोप तथा उपचारको पूर्ण सुरक्षा आवश्यक पर्छ, जस्तै इभोला, मरबर्ग भाइरस र चेचकको लागि अमेरिका र रुसमा दुईवटा मात्र ल्याव छन्। बीएचएल स्ट्यान्डर्सको पालना विश्वभरका ल्यावले पालना अनिवार्य गर्नुपर्ने हुन्छ।

हाल कोरोना भाइरसको महामारी भएपछि चीनप्रति लागेको आरोपको कुनै पारदर्शिता पाइएको छैन। अमेरिकी विदेश मन्त्री माइकल पोम्पियोले चीनले कोरोना भाइरसको बारेमा गरेको अनुसन्धानमा पारदर्शिता हुनुपर्न बताएका छन्। चीन र अमेरिका कोरोना भाइरसको बारेमा एकअर्कालाई आरोप लगाइरहँदा दुवै विश्वका वैज्ञानिक भने यसको कारण र समाधानको खोजीमा लागिरहेका छन्।

प्रकाशित: ५ वैशाख २०७७ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App