८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

३१ सय परिवारलाई खाद्यन्न सामग्री वितरण

शुक्लागण्डकी–३ मा राहात वितरणको तयारी हुदैं। तस्बिर: विनोद ढुंगाना/नागरिक

तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिकाले ज्याला मजदुरीको माध्यमबाट गुजारा चलाउने गरिब तथा  विपन्न  परिवारलाई दैनिक उपभोग्य खाद्यन्नका सामग्री वितरण गरेको छ। लकडाउनको मारमा परेका तीन हजार ९० परिवारलाई चामल, दाल, नून, खाने तेल र साबुन वितरण गरिएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए।

यहाँका १२ वडामा तीन हजार तीन सय चार परिवारले राहात लिन निवेदन दिएका थिए। दुई सय १४ परिवार राहात लिनलाई तोकिएको मापदण्डमा नपरेपछि वितरण नगरेको उनको भनाई छ। तथ्याङ्क संकलनमा छुटेका तर आर्थिक विपन्नताले घरमा चुलो बल्ने स्थिती नभएकालाई राहात उपलब्ध गराउने कुमाल बताउछन्। 

वडाका प्रत्येक टोलटोलमा पुगेर टोलबिकास संस्थाका प्रतिनिधी, उद्योग वाणिज्य संघ, रेडक्रस, नागरिक समाजका प्रतिनिधीको रोहबरमा वडाध्यक्षसहितका जनप्रतिनिधीले  राहातका समाग्री वितरण गरेका हुन्।नगरपालिकाले  परिवारमा  दुई जना सदस्य भएका परिवारलाई १५ केजी चामल, दुई केजी दाल,  डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन उपलब्ध गराएको छ । चार जना सदस्य भएका परिवारलाई २० केजी चामल, दुई केजी दाल, डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन दिएको हो ।

चार जना भन्दा धेरै सदस्य भएका परिवारलाई  २५ केजी चामल, तीन केजी दाल, डेढ लिटर तेल, दुई पोका नून र एउटा साबुन दिइएको कुमालले जानकारी दिए। नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागी विपद कोषमा ६० लाख रुपैयाँ जम्मा गरेको छ। उक्त रकमबाट खाद्यन्नका सामाग्री वितरण गरिएको हो 

 

प्रकाशित: ३० चैत्र २०७६ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App