coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

धनगढीबाट पाल्पा भित्रिएका ४४ को र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

पाल्पा- पाल्पाका ४४ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको तीन स्थानमा गरिएको परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) को नतिजा नेगेटिभ देखिएको हो।

धनगढीको नाका प्रयोग गर्दै लकडाउनको समयमा पाल्पा घर आएका ४४ जनाको आरडिटी परीक्षण गरिएको थियो। रैनादेवीछहरा गाउँपालिको भुवनपोखरी, पूर्वखोला गाउँपालिकाको सिलुवा र रामपुर नगरपालिकाको रामपुरमा संकलित नमूनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो। जिल्लाको क्वारेन्टाइनमा बसेकाहरुको पहिलो चरणमा र्‍यापिड टेस्टबाट परीक्षण गरिएको थियो।

रैनादेवीछहरामा ११, रिब्दीकोटमा ३, रामपुर नगरपालिकामा ९ र सिलुवामा २१ जनामा र्‍यापिड टेस्ट किट मार्फत् परीक्षण गरिएको रिपोर्ट नेगेटिभ आएको बताइएको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जिल्लामा संकलित नमूनाको रिपोर्ट नेगेटिभ आएको बताए। उनी भन्छन्, ‘कोभिड–१९ नेगेटिभ देखिएका निजहरुलाई थप एक साता घरकै क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ। विदेशबाट ११ गते भन्दा अगाडी आएकाहरु १ हजार २ सय ४० जना हुनुुहुन्छ। उहाँहरु आएको १४ दिन भन्दा धेरै भैसकेको छ। घरमै क्वारेन्टाइनमा हुनुहुन्छ।’ उनले ११ गतेपछि भित्रिएकाहरुको पहिलो चरणमा आरडिटीमै रिपोर्ट नेगेटिभ आएकोले पिसिआर परीक्षण गर्नु नपरेको बताए।

कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग, समन्वय, सहजीकरणका लागि गठन गरिएको समितिकोे बैठकले शुक्रबार डायग्नोस्टिक टेस्ट कीटमार्फत परीक्षण गर्ने निर्णय शुक्रबार गरेको थियो।
 

प्रकाशित: २९ चैत्र २०७६ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App