coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

अमेरिकामा थप एक नेपालीको कोरोनाबाट मृत्यु

अमेरिका- कोरोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटका ४७ बर्षका राजकुमार थापाको निधन भएको छ। गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको बताइएको छ। न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको निधन भएको एल्महस्र्ट अस्पतालको डाइरेक्टरको कार्यालयले पुष्टी गरेको छ। डायरेक्टरको कार्यालयका अधिकारीले थापाको मृत्यु भएको जानकारी मेरिल्याण्ड राज्यको संसदका डेलिगेट ह्यारी भण्डारीलाई आज विहान दिएका हुन्।

उनलाई गत मार्च १४ बाट अस्पतालमा भर्ना भएका उनी हिडेर अस्पताल पुगेका थिए। उनले न्युयोर्कमा उबर चलाउँदै आएपनि कोरोनाको त्रासका कारण मार्चको सुरुदेखि नै उबर चलाउन छाडेका थिए। न्यूयोर्कका मृत्यु हुने थापा पाँचौ नेपाली हुन। यस अघि चार जानको कोरोनाबाट मृत्यु भएको छ।

प्रकाशित: २९ चैत्र २०७६ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App