७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

छोराछोरी बोर्डिङ पढाउनेलाई राहत नदिइने

तनहुँ – कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको तीन साता लामो लकडाउनका कारण विहान बेलुकाको छाक टार्न  मुस्किल परेका मजदुर र विपन्न वर्गलाई देशभरका स्थानीय तहले राहत वितरण गर्न थालेका छन्। घाँटीमा सुनको बाला हातमा आईफोन लिएर राहात थाप्न जानेहरुको चर्चा चल्न थालेको छ यतिबेला । हुदाँ खानेलाई दिन लागिएको राहतमा हुने खानेहरुको पनि कुदृष्टि परेकाले तनहुँको भानु नगरपालिकाले भने छोराछोरी बोर्डिङ पढाउने परिवारलाई राहत नदिने भएको छ। 

यस्तै, वैदेशिक रोजगारीमा गएका र सामाजिक सुरक्षा लिदै आएका परिवारको पनि राहत नदिने निर्णय भएको छ। उनीहरुको आर्थिक अवस्था हेरेर राहात उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रदेव पाण्डेले बताए।  ‘जस्ले पनि राहात माग्ने गरेकाले यस्तो निर्णय गरेका हौं।  छोराछोरी बोर्डिङमा पढाउने, परिवारका सदस्य वैदेशिक रोजगारीमा गएको, सामाजिक सुरक्षा लिदै आएको परिवार भएपनि लकडाउनको मारले घरमा चुल्हो बाल्ने अवस्था नभएका विपन्नलाई राहात दिइन्छ’, उनले भने। 

नगरपालिकाले दुई जना सदस्य भएको परिवारलाई  दश केजी चामाल, दुई केजी दाल, एक लिटर खाने तेल, एक प्याकेट नून दिइनेछ। यस्तै, चार जनासम्मको परिवारलाई २० केजी चामाल, दुई केजी दाल, एक लिटर खाने तेल, एक पोका नून र चार जनाभन्दा धेरै परिवार भएकालाई २५ केजी चामाल, दुई केजी दाल, एक लिटर खाने तेल, एक पोका नून वितरण गर्ने नगरपालिकाले जनाएको छ।  राहत वितरणमा नगरका १३ वटै वडालाई एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत पाण्डेले जानकारी दिए।

अब वडा कार्यालय नै कार्यविधी अनुसार रहेर राहत बाँड्नेछन्। ज्यालादारीमा काम गर्ने मजदुर र विपन्न वर्गको परिवारको तथ्याङक संकलन भईरहेको उनको भनाई छ। यहाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६३ लाख रुपैयाँको राहात कोष स्थापना गरिएको छ। 

प्रकाशित: २५ चैत्र २०७६ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App