coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जाजरकोटमा गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण

खाद्य सामग्री लिदै विपन्न परिवारका सदस्यहरु। तस्वीर –जनक केसी / नागरिक

जाजरकोट – नेपाली कांग्रेस जाजरकोटका कोषाध्यक्ष तेजविक्रम शाहले यहाँका  अति विपन्न ७२ परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन्। सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्यालादारीमा जीविको पार्जन  परिवारहरुलाई दाल, चामल, नून, तेल लगायतका सामग्रीहरु वितरण गरेका हुन्।

जिल्ला समन्वय समिति जाजरकोटका  सदस्य समेत रहेका  शाहले  भेरी नगरपालिका वडा नम्वर ३ का विभिन्न वस्तीका  ७२ घरपरिवारहरलाई  सोमवार  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जाजरकोटमा आयोजित एक कार्यक्रमकाबीच प्रति परिवारलाई ३० किलो चामल, २ किलो दाल, २ लिटर तेल, एक प्याकेट नून लगायतका खाद्य सामग्रीहरु वितरण गरेका हुन्।

शाहले उपलव्ध गराएको सहयोगलाइ भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती, उपमेयर भावना भन्डारी र  ३ नम्वर वडाका वडाध्यक्ष लिलावहादुर शाहले विपन्न परिवारका सदस्यहरुलाई वितरण गरे। कोरोनाको संक्रमण रोक्नका लागि सरकारले घोषणा गरेको  लकडाउनका मजदुरी गर्न नपाएर आर्थिक संकटमा परेका जनतालाई केहि मात्रामा राहत पुगोस् भनेर वितरण गरेको  शाहले बताए।  उनले संटकको घडीमा सहयोग गर्नु नै धर्म हो भन्ने सोचेर आफनो व्यक्तिगत खर्चमा  विपन्न परिवारका लागि  खाद्य सामग्री सहयोग गरेको बताए।

 ‘राष्ट्रिय संकट र विपत्तीको यो वेलामा  हामी   केहि गर्न सक्नेहरुले  आपतमा परेका नेपालीलाई  केहि गर्न सक्नु नै देश प्रतिको माया हो’, उनने भने। भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले  अहिलेको अवस्थामा विपद्मा परेका प्रत्येक नागरिकलाई सबैले सहयोग गर्नु पर्छ भन्ने मान्यताले  शाहले  गरेको सहयोगले सबैको लागि प्रेरणा बनेको बताए। उनले कोरोनाको  संक्रमणबाट  बच्नको लागि सरकारले घोषणा गरेको लक डाउनको पालना गर्दै उच्च सतर्कता अपनाएर बस्ने तथा एक अर्कालाई सक्दो सहयोग गर्नु जरुरी रहेको बताए। 

प्रकाशित: २४ चैत्र २०७६ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App