७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भियतनामले कसरी लड्यो भाइरसविरुद्धको लडाइँ ?

 भियतनाम र चीन सिमाना जोडिएका देश हुन्। दुई देशबीच ११ सय किलोमिटर सिमाना जोडिएको छ। मध्य चीनको वुहानबाट फैलिएको कोभिड–१९ भाइरसको संक्रमणका कारण हजारौंको निधन भयो। ८० हजारभन्दा बढी मानिस यो रोगबाट संक्रमित भए। तर भियतनाममा भने यो रोग सामुदायिक स्तरमा फैलिन पाएन। भियतनाममा हालसम्म एक सय ७४ जना संक्रमित भए। तीमध्ये २१ जना यो रोगबाट निको भएका छन्। कोभिड–१९ का कारण भियनाममा हालसम्म कसैको पनि निधन भएको छैन। त्यहाँ जनवरीमा पहिलोपटक भाइरस संक्रमित फेला परेको हो। संसारभर कोभिड–१९ को महामारी फैलिरहेका बेला भियतनामले चीनको नाकैमुनि बसेर पनि कसरी संक्रमण रोक्न सफल भयो ? 

      डिसेम्बरको अन्तिमतिरबाट चीनमा कोभिड–१९ को संक्रमण फैलिसकेको थियो। तर भाइरस चीनको सिमाना नाघेर बाहिरिसकेको थिएन। अरू देशले कोभिड–१९ को संक्रमणलाई गम्भीरतापूर्वक लिइसकेका थिएनन्। भियतनामले भने यसको सम्भावित खतराको आँकलन गरिसकेको थियो। जनवरीको अन्त्यतिर भियतनाम सरकारले कोभिड–१९ विरुद्धको अभियानलाई युद्धको घोषणा ग¥यो। भियतनामले युद्धको घोषणा गर्दासम्म पनि भाइरस अन्य देशमा फैलिसकेको थिएन। भियतनाममा सत्तासीन कम्युनिस्ट पार्टीको एउटा बैठकमा प्रधानमन्त्री न्युगेन स्वान फुकले भने, ‘महामारीविरुद्धको लडाइँ शत्रुविरुद्धको लडाइँ हो।”

      भियतनामसँग दक्षिण कोरियाको जस्तो कोरोना भाइरसविरुद्ध लड्ने क्षमता छैन। दक्षिण कोरियाले तीन लाख ५० हजारभन्दा बढी मानिसमा भाइरस संक्रमणको परीक्षण गरिसकेको छ। भियतनामको स्वास्थ्य प्रणाली तुलनात्मक रूपमा सीमित छ। राजधानी हो ची मिन्ह सहरको जनसंख्या ८० लाख छ। त्यहाँ सघन उपचार शड्ढया जम्मा नौ सय मात्र थियो। महामारी फैलिए त्यति शड्ढया हात्तीको मुखमा जिराजस्तै हुने थियो।

      त्यसकारण कोभिड–१९ विरोधी संघर्षमा भियतनामले क्वारेन्टाइन नीति कडाइका साथ लागू ग¥यो। कोरोना संक्रमितको सम्पर्कमा आएका प्रत्येकलाई भियतनाम सरकारले कडाइसाथ खोजी पहिचान ग¥यो। अनि उनीहरूलाई कडाइका साथ क्वारेन्टाइनमा राख्यो। चीनबाहेक अन्य देशमा भाइरसको संक्रमण फैलिन नपाउँदै भियतनामले यो नीति लागू गरिसकेको थियो। भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्ने अन्तिम उपायका रूपमा चीनले सबै सहर बन्द गरेको थियो।

      फेब्रुअरी १२ मा राजधानी होनाई नजिकको १० हजार जनसंख्या भएको एउटा सानो सहरलाई तीन साताका लागि क्वारेन्टिनमा राखेको थियो। त्यतिबेला पूरा भियतनाममा १० जना मात्र कोभिड–१९ संक्रमित थिए। भाइरसबाट संक्रमितको सम्पर्कमा आउने सम्भावित सबैलाई सरकारी अधिकारीहरूलाई सम्पर्कमा राखे।

      जर्मनीले पनि यही तरिका अपनाएको थियो। संक्रमित व्यक्ति र उसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई सरकारको निगरानीमा राखिएको थियो। भियतनामले संक्रमित व्यक्तिको दोस्रो, तेस्रो र चौथो तहका सम्पर्क घेराको पहिचान गरी कडा निगरानीमा राख्यो।

      संक्रमणको उच्च जोखिम भएका देशबाट आएका व्यक्तिलाई भियतनाम सरकारले १४ दिन क्वारेन्टाइनमा राख्ने बन्दोबस्त ग¥यो। फेब्रुअरीको सुरुबाट नै भियतनामका सबै विद्यालय र विश्वविद्यालयका कक्षा बन्द गरियो।

      चिकित्सकीय प्रविधि र जनशक्तिका आधारमा मात्र कोभिड–१९ रोकथाम गर्ने क्षमता भियतनामसँग छैन। त्यसकारण उसले सुरक्षा निकायहरूको व्यापक परिचालन गरी सार्वजनिक निगरानीलाई प्रभावकारी बनायो। सुरक्षा निकायले ठाउँठाउँमा मानिस परिचालन गरी प्रत्येक परिवार र छरछिमेकको अवस्थाबारे ध्यान राख्यो। सेनासँग भएको जनशक्ति र साधनस्रोतको व्यापक परिचालन गरियो।      तोकिएका नियम उल्लंघन गर्नेमाथि कडा निगरानी राखी आवश्यक कारबाही गरियो।

      भियतनाममा कोभिड–१९ संक्रमण भएका बिरामीलाई समुदाय र सामाजिक मिडियाले नैतिक रूपमा समाजप्रति जिम्मेवार बनाउने काम भयो। उदाहरणका लागि युरोप भ्रमणबाट फर्केका एक महिलाले आफूसँगै भाइरस पनि बोकेर आइन्। ती महिलाले सरकारले जारी गरेको सूचनाको उल्लंघन गरेको र क्वारेन्टाइनमा नबसेको भनी सामाजिक सञ्जालमा तीखो आलोचना गरियो।

      ती महिला भियनताम आउँदासम्म त्यहाँ १६ जना संक्रमित मानिसको उपचार भइसकेको थियो। भियतनाममा फेरि सो भाइरस भिœयाएको भनी उनको आलोचना भएको थियो। उनी र उनीजस्ता संक्रमितमाथि भएका यस्ता आलोचनाले त्यस्ता व्यक्ति सरकारको नियमअन्तर्गत आउन बाध्य भए।

      कोभिड–१९ भाइरसको संक्रमणलाई भियतनाम सरकारले युद्धको संज्ञा दियो। भियतनामी प्रधानमन्त्रीले भने, ‘हरेक व्यापार, हरेक नागरिक र हरेक आवास क्षेत्र महामारी नियन्त्रणका सैनिक किल्लासरह हुन्।’ यस्ता कुराले धेरै भियतनामी जनताको मन छोयो। भियतनामी जनता संकट सामना गर्न र कठिनाइसँग जुध्न आपूm क्षमतावान् भएकोमा गौरव गर्छन्।

      सरकारी सञ्चारमाध्यमले भाइरस संक्रमणबारे व्यापक सूचना अभियान थाल्यो। त्यहाँको स्वास्थ्य मन्त्रालयले हात धुने तरिकासम्बन्धी बनाएको गीत सामाजिक सञ्जालमा निकै भाइरल भयो।

      हालसम्म कुनै त्यस्तो आधिकारिक अध्ययन त भएको छैन, तथापि सामाजिक सञ्जाल र मानिसका संवादका आधारमा भियतनामका जनताले जनताको सूचनाको पालना गरेका छन्। यो संकटको समयमा भियतनाम तुलनात्मक रूपमा सुरक्षित रहेकोमा भियतनामी जनता गौरव गर्छन्। कोरोना भाइरसको प्रतिरोधमा सक्रिय उपप्रधानमन्त्री भुडुक दामलाई त्यहाँ राष्ट्रिय नायक मानिएको छ। केही विदेशी मिडियाले भियतनामको सत्तारूढ दलले कडा नियम लागू गरेर व्यक्तिगत स्वतन्त्रता हनन गरेको जस्ता आरोप लगाए। तर भियतनामी जनता स्वयं सरकारबाट अझ कडा नियम लागू गर्ने अपेक्षा गरे।

थोरै संख्यामा भए पनि यो महामारीले भियतनामका आर्थिक परियोजनामा ठूलो क्षति गरेको छ। तथापि, यो आर्थिक क्षति भने भियतनामको सामना गर्न जनता तयार देखिन्छन्। भियतनाम सरकारअनुसार सन् २०२० का सुरुका दुई महिनामा त्यहाँका तीन हजार उद्योग बन्द भए। पर्यटन उद्योगमा परेको सुस्तताका कारण त्यहाँका धेरै संख्यामा होटल र रिसोर्टहरू बन्द भए।

      अर्थतन्त्रमा आएको ह्रासलाई सुचारु गर्न भियतनाम सरकारले एक अर्ब १० करोड अमेरिकी डलरबराबरको कोष खडा गरेको छ। वित्तीय विशेषज्ञहरूका अनुसार यो वर्ष राजस्वमा भने कमी आउनेछ। सरकारले स्वैच्छिक सहायताको लागि आह्वान गरेका छन्। जनताले आफू सक्दो सहयोग पनि गरेको छ किनभने संकटको समयमा सरकारले आफ्ना लागि ठूलो सहायता गरेको विश्वास गर्छन्।

nlawoju@gmail.com

 

प्रकाशित: २४ चैत्र २०७६ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App