१२ जेष्ठ २०७७ सोमबार
स्वास्थ्य

धार्मिकसभाबाट फर्केका चार जना क्वारेन्टाईनमा

दिल्ली धार्मिकसभाबाट फर्केकाहरु क्वारेनटाईनमा । तस्विर : महेश्वर

उदयपुर – चैत पहिलो साता भारतको नयाँ दिल्लीस्थित मुस्लिम धार्मिकसभामा सहभागी भई फर्केका उदयपुरका ४ जनालाई सदरमुकामस्थित क्वारेनटाईनमा राखिएको छ। कोरोना भाइरस (कोभिड –१९) संक्रमणको आशंकामा निजामुद्दिन मस्जिदको धार्मिकसभामा सहभागी भएका उदयपुरका ५ मध्ये ४ जनालाई त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडास्थित क्वारेन्टाईनमा राखिएको हो। 

दैनिक हुने निजामुद्दिन मरकजको धार्मिकसभामा नेपालबाट भक्तजनहरु सहभागी हुने क्रममा उदयपुरका पनि रहेको जानकारी आएपछि उनीहरुलाई क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। त्रियुगा नगरपालिकाका ४ र कटारीका १ जना सहभागी भएको जानकारी आएपछि पत्ता लगाएर क्वारेन्टाईनमा राखिएको तर, कटारीको सहभागीको पत्ता नलागेकाले खोजी भईरहेको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।    

चैत ८ गतेको धार्मिकसभामा २ सयबढी विदेशी भक्ताजनको पनि सहभागिता भएको र  नेपालका १९ मध्ये ५ जना उदयपुरका रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको थियो। सो सभामा सहभागीमध्ये विभिन्न देशका २४ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाइएको छ। 

 

प्रकाशित: २३ चैत्र २०७६ १५:२२ आइतबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App