coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमित युवती सवार विमानमा रहेका एक जना प्रहरीको सम्पर्कमा

कपिलवस्तु – फ्रान्सबाट फर्किने क्रममा कतार ऐयरवेजबाट नेपाल फर्किएकी  कोरोना संक्रमित युवतीसंगै यात्रा गरेका अर्का एक जना सम्पर्कमा आएका छन्।  

कतारबाट फर्किएपछि लुकेर घरमा बस्दै आएका कपिलवस्तुको मायादेवी गाउँपालिका– ५ अठकोनियाका धर्मराज अहिर प्रहरीको सम्पर्कमा आएका आएका हुन्। उनलाई शुक्रवार बिहान प्रहरीले  घरमै पुगेर क्वारेन्टाईमा पठाएको प्रजिअ दीर्घनारायण पौडेलले बताए।

उनलाई छत्रपाली तिर्थादेवी मा.वि. पकडीमा रहेको  क्वारेन्टाईनमा राखिएको छ। मायादेवी गाउँ पालिकाको क्वारेन्टाईनमा दुई  जना ब्याक्ति वसेका छन्। अर्का व्याक्ती नुर मोहम्वद धोवी पनि कोरोना संक्रमित युवती संगै यात्रा गरेका थिए। उनी पनि क्वारेन्टाईमा छन्।  

प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलका अनुसार अहिर र धोबीले चैत्र ४ गते कतारवाट आएका थिए । कोरोना संक्रमित युवती पनी रहेकोले गृह मन्त्रालयको  निर्देशनमा क्वारेन्टाईनमा राखीएको उनले बताए। दुबै जनको उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 
 

प्रकाशित: १४ चैत्र २०७६ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App