७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रामेछापको स्थानीय तहमा आइसोलेसन कक्ष तयार हुँदै

काठमाडाैं- विश्वभर तिव्र रुपमा फैलिरहेको कोरोना भाइरस कोडिभ–१९ को संक्रमणलाई मध्यनजर गर्दै रामेछापका विभिन्न स्थानीय तहमा आइसोलेसन कक्ष तयार हुँदै छ।

सदरमुकाम मन्थलीमा कोरोना भाइरस संक्रमणको उपचारको लागि तामाकोशी अस्पतालमा १८ वटा आइसोलेसन कक्ष तयार गर्ने भएको छ। सरकारको निर्देशन अनुसार अस्पतालाई सरकारी मापदण्डभित्र रहेर आइसोलेसन कक्ष बनाउन लागेको तामाकोशी अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरीले बताए। अस्पताल प्रशासनले अस्पताल प्रयोजनका लागि १० हजार थान मास्क व्यवस्थापनको समेत पूर्वतयारी गरिसकेको छ। उनले भने, ‘अस्पतालमा आउने जाने बिरामी र सर्वसाधारणका लागि मूल ढोकामा धाराको व्यवस्थासमेत गरेको छ।

त्यस्तै रामेछाप नगरपालिकाले १० वेडको क्वारेन्टाइनस्थल बनाउने भएको छ। नगरपालिकाले सामुदायिक आवास भंगेरीमा १० वेडको क्वारेन्टाइनस्थल बनाउने भएको छ। नगरपालिकाको कर्मचारीहरुको एक महिनाको १० प्रतिशत पारिश्रमिक कटौती गरी स्थानीय विपद व्यवस्थापन कोषमा जम्मा गर्ने प्रशासकिय अधिकृत पौडेलले बताए।

त्यस्तै दोरम्बा गाउँपालिकाले कोरोना भाइरस कोभिड-१९ को जोखिमतालाई मध्यनजर गर्दै ७ वटा आइसोलसन वार्डको व्यवस्था गरेको छ गाउँपालिकाको अध्यक्ष कमान सिंह मोक्तानले बताए।

कोरोना भाइरसको संक्रमणबाट बच्न देशभर जस्तै रामेछाप जिल्लामा पनि कफ्र्यू जारी गरिएको छ। सोमबार रामेछापकी प्रमुख जिल्ला अधिकारी देवी शर्माले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म कफ्र्यू जारी गरेको बताइन्। प्रशासनले औषधि, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक कामलाई भने रोक लगाइएको छैन।

प्रकाशित: १३ चैत्र २०७६ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App