१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवक मिर्गौला पीडित

चितवन- कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएका एक जना बिरामीको मृत्यु भएको छ। चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार बिहान भर्ना गरी आइसोलेसनमा राखिएका ३० वर्षीय एक युवकको मंगलबार बिहान मृत्यु भएको हो।

कोरोना अस्पतालका एक चिकित्सकका अनुसार सोमबार बिहान चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट रिफर गरी उपचारका लागि भर्ना गरिएको थियो। वीरगञ्जका ती युवकको शव अस्पतालमै राखिएको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो समस्या पाइएपछि चितवन मेडिकल कलेजले कोरोना अस्पतालमा रिफर गरेको ती चिकित्सकले जानकारी दिए। उनका अनुसार मृतक युवक मिर्गौला सम्बन्धी रोगबाट ग्रस्त थिए।

मृतक युवकलाई कोरोना भएको आशंकामा कोरोना अस्पतालमा आइसोलेसनमा राखिएको थियो। ती युवकको घाँटीको स्वाब निकालेर सोमबार नै नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ। कोरोना संक्रमण भएको वा नभएको रिपोर्ट आउन बाँकी छ। कोरोना भाइरस परीक्षणको रिपोर्ट मंगलबार साँझसम्म वा बुधबारसम्म आइपुग्ने ती चिकित्सकले बताए।

प्रकाशित: ११ चैत्र २०७६ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App