coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वेसार हालेको चियाको फाइदा

वेसार समाजमा प्रशिद्ध मसाला हो, जुन वेसारको जरावाट बनेको हुन्छ। दक्षिण एशियामा यो आयुर्वेद औषधीको रुपमा हजारौ वर्षदेखि भारत,नेपाल तथा चीनमा औषधीको रुपमा प्रयोग हुँदै आएको छ।

नेपालमा वेसार बिना दैनिक खानाको परिकार बन्दैन। वेसार नभएको खाना खाने चलन दुर्लभ भेटिन्छ। यहाँ हामी वेसारका के कति फाइदा छन् भन्ने बारेमा छलफल गछौं।

– वेसारको चियाले छिटो हुने फाइदाहरु
– वेसारमा औषधी सकृय हुन्छ। यसमा सुन्निने तत्व र प्रतिरक्षा प्रणाली बृद्धि गर्ने तत्व हुन्छ। वेसारलाई चियाको रुपमा उचित प्रयोग गर्न सकिन्छ।
– वेसारका चिया वेसारको जरा तथा यसको शुद्ध धुलोवाट बनाउन सकिन्छ। तर यसलाई तरकारीमा मसलाको रुपमा बढी प्रयोग गरिन्छ।
– दैनिक वेसारको प्रयोग गरेमा यसले उपचारको काम गर्ने अनुसन्धानहरुले सुझाएका छन्।
– धेरै जसो अनुसन्धानले दैनिक तीन/चार पटक ४ सयदेखि ६ सय मिलीग्राम शुद्ध वेसारको धुलोको प्रयोगले वेसारको जराको चिया पिउन सुझाएका छन्। यसको लागि आफै उत्पादन गरेको या शुद्ध रुपमा उत्पादन भएको वेसार हुनु पर्छ। वेसारका निम्न फाइदाहरु छन्

वाथको लक्षण घटाउँछ
– वेसारले सुन्निन र संक्रमण हुन दिंदेन। सन् २०१७ मा भएको एक अध्ययनले २ सय ६ जना भन्दा बढी वाथरोग भएका  अमेरिकनहरुले यो बाथको  व्यवस्थापन गर्न ६३ प्रतिशतले वेसारको चिया प्रयोग गरेका थिए।

प्रतिरक्षा क्षमता बढाउँछ
–वेसारमा हुने औषधीले यो प्रमाणित भइसकेको छकि शरिरमा प्रतिरक्षा क्षमता बढाउने र एन्टिअक्सिडेन्टको काम समेत गर्छ। साथै वेसारले एन्टिवायोटिकको काम पनि गर्छ।यसमा पाइने प्रतिरक्षा शक्तिलाई नियमन गर्न समेत भूमिका खेल्छ साथै यसले क्यान्सरको सेल बिरुद्ध पनि काम गर्छ भन्ने मान्यता रहंदै आएको छ।

 मुटु तथा रगतको नशाको जटिलतामा सहयोगी
– धेरै अध्ययनहरुले वेसारले मुटु स्वास्थ्यमा सुन्निन र एन्टिअक्सिडेन्टको काम गर्ने गरेको औल्याइएको छ। सन् २०१२ मा भएको एक अध्यनले दैनिक ४ ग्राम वेसार दिनसम्म खाएपछि क्रोनरी आर्टरीको शल्यक्रिया गर्दा १७ प्रतिशत हृदयघातको जोखिम घटेको पाइएको थियो।

क्यान्सरलाई रोक्छ र उपचार गर्छ
– वेसार मात्र  यस्तो औषधी हो जुन क्यान्सर बिरुद्धको औषधीको रुपमा स्थापित भइसकेको छ। यसमा हुने एन्टिअक्सिडेन्ट र संक्रमण बिरुद्धको शक्तिले क्यान्सरको कोषलाई फैलिनवाट रोकेर क्यान्सर विरुद्धको शक्तिको काम गरी क्यान्सरको कोष फैलिन दिंदैन। धेरै अध्ययनहरुले वेसारमा टियुमर बढ्न र क्यान्सरको कोषलाई फैलिन दिंदैन।

सन् २०१४ भएको एक अध्ययन अनुसार वेसार क्यान्सरमा किमोथेरापी र रेडियशन थेरापीको रुपमा प्रयोग गरेको अनुसन्धान  गरिएको भइरहेको छ।

पेट फुलेको समस्यामा सहयोग गर्छ
– लामो समयदेखि वेसारलाई परम्परागत रुपमा पेट दुखेको औषधीको रुपमा प्रयोग भइरहेको छ। पेट फुलेको बेला वेसारको धुलाले पाचन क्रियामा सहयोगी भूमिका खेल्छ। धेरै अध्ययनहरुले वेसारको प्रयोगले  पेटमा हुने दुखाइ हटाएर स्वस्थ तथा गुणस्तर जीवन बन्छ।
– सन् २०१२ मा मुसामा गरिएको अध्ययनले खाना पेटवाट सानो  आन्द्रामा जाने समय घटाउँछ। अन्यथा ग्यास्टिकले वास गरिरहन्छ ।

अल्जाइमरबाट बचाउँछ
– अध्ययनले यो पनि औल्याएका छन्। वेसारले स्नायु बिग्रिने प्रणालीमा सुधार ल्याउँछ। यसमा हुने एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लामेटरी (अक्सिडेन्ट र सुन्निने बिरुद्ध तत्व) शक्तिले कोष नष्ट गर्नवाट बचाउँछ नै। यसले कोषहरु नष्ट हुन नदिने,कलेजोमा चिल्लो जम्मा हुन नदिने जस्ता काम गर्छ।

कलेजो बिग्रिनवाट बचाउँछ
– धेरै अध्ययनहरुले वेसारले कलेजो नष्ट हुन नदिने औल्याएका छन्। बेसारले कलेजो र आमशयमा उत्पादन गर्ने पाचन रसले कलेजोको कोषलाई नष्ट हुन दिंदैन।

मधुमेह नियन्त्रणमा राख्छ
– हजारौं वर्षदेखि मधुमेह भएका विरामीले वेसारको प्रयोग गर्दै आएाक छन्। धेरै अध्ययनहरुले मानव र पशुहरुमा गरेको परिक्षणले वेसारको प्रयोगले शरिरमा मधुमेह बिरुद्धको काम गरेको पाइएको छ।

वेसारले फोक्सोलाई लाभ
– अनुसन्धानकर्ताहरुले वेसारमा हुने  एन्टिअक्सिडेन्ट तथा संक्रमण विरुद्धको शक्तिले फोक्सोमा रहेको पुरानो समस्या हटाएर दीर्घरुपमा बचाउँछ। सन् २०१७ मा भएको अध्ययनले वेसारले फोक्सोमा  हुने रोगहरु दम,सिओपिडी र क्यान्सरमा समेत उपचारको काम गर्छ।

कसरी प्रयोग गर्ने ?
– वेसारका चिया बनाउनको लागि कुनै पनि व्यक्तिले एक कप उमालेको पानीमा वेसारको धुलो या तासेको जराको टुक्रा राख्न सकिन्छ। वेसारको चिया विशुद्ध धुलो तथा तयारी प्याकेटवाट पनि प्रयोग गर्न सकिन्छ। यस्ता चिया बजारमा पनि तयारी अवस्थामा पाइन्छ।

प्रकाशित: १८ माघ २०७६ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App