coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

पाचन अंगमा गडवडीले अपच

पाचनअंगमा कुनै गडवडी आउनाले अपच हुने या अजिर्ण या अपच भनिन्छ। कुबेलाको भोजन गर्नाले कुनै खाना नपच्दै अर्को खाना पेटमा पुग्यो भने खाएको खाना पुर्ण रुपले पच्न  पाउँदैन। अथवा कुनै बेला धेरै चिल्लो या मसालेदार खाना खानाले पनि अपच हुन्छ। तर यो बाहेक अन्य कारण पनि हुन्छन्। जसको कारण अपचको समस्या आउँछ।

अपचका लक्षण
भोक नलाग्नु, खुट्टामा दुख्ने, छाति पोल्ने,पेट गहौं हु्ने तथा नियमित दिक्क लाग्ने जस्ता समस्या आउँछन्। यसको साथै बिरामकिो पसिना आउने तथा निन्द्रा नपर्ने जस्ता लक्षण देखिन्छन्। खाना अपच हुनुको अन्य कारणहरु यस प्रकार छन्।

कलेजो बिग्रिनु
कलेजो शरिरको सवै भन्दा महत्पुर्ण अंग मानिन्छ। यदि यो बिग्रियो भने शरिरको पुरै व्यवस्था प्रभावित हुन्छ। कलेजोसित हाम्रो शरिरको अन्य क्रिया जोडिएको हुन्छ। यसले शरिरमा मेटोबोलिजममा रुपान्तरण गर्नको लागि मुख्य भूमिका निभाउँछ। यसको साथै मधुमेह र चिल्लोको पनि नियन्त्रण गर्छ। यसकारण कलेजोमा समस्या आउँदा अपच हुन्छ।

भोक भन्दा बढी भोजन गर्नाले
अचप हुनुको अर्को कारण हो भोक लागेको भन्दा बढी भोजन गर्नु। भोक नलागी भोजन गर्नेले खाना राम्रोसित चपाएर खाँदेनन् नै। यसले गर्दा आमयशले खाना पचाउन सक्दैन।

खाना खाने बित्तिकै सुत्नु
खाना खाने बित्तिकै सुत्ने गर्दा पनि अपचको  समस्या आउँछ। जो भोजन गर्ने बित्तिकै सुत्छन् या बसेर काम गर्छन्। उनीहरुमा पनि अपचको समस्या आउँछ। खाना खाने बित्तिकै कुनै क्रियाकलाप नगरी बसेमा खाना पच्न पाउँदैन।

धुमपान तथा मध्यपान
धुमपान तथा मध्यपानको कारणले पनि अपचको समस्या आउँछ। यसको सेवन गर्दा खाना नलीको पछि ताप उत्पन्न हुन्छ। रक्सी सेवन गर्दा तथा धुमपान गर्दा दुबैले पेटमा रसायन उत्पन्न गरिदिन्छ। जसले अपचको समस्या ल्याउँछ।

सानो आन्द्रामा किटाणु
सानो आन्द्रामा किटाणु भएमा पनि अपचको समस्या आउँछ। यद्यपि अनुसन्धानले यो बिषयमा अहिलेसम्म निर्णय लिएको छैन। तर कुनै पनि किटाण्ुको सक्रमण कुनै बेला अपचको कारण बन्छ। यसको हाइड्रोजन श्वास परिक्षबणबाट पत्ता लगाउन सकिन्छ।

औषधीको कारण
कुनै औषधी यस्ता हुन्छन् जसले अपचको समस्या ल्याउँछन् ,। जस्तो कि नदुख्ने औषधीहरु बु्रफिन,एस्पिरिन,स्टेरायडल जस्ता औषधीहरुको असरले अपचको समस्या उत्पन्न हुन्छ। यस कारण सकेसम्म नदुख्ने औषधीको सेवन गर्नु उचित हुँदैन।

प्रकाशित: २६ पुस २०७६ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App