१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

विकसित देशमा आधा उमेरमै मृत्यु हुने कारण क्यान्सर

विश्वमा एक तिहाई मानिसको मृत्युको कारण उच्च रक्तचाप रहेकोमा अहिले सम्पन्न राष्ट्रहरूमा बढी मृत्युको कारण क्यान्सर रहेको एक अध्ययनले औंल्याएको छ। जुन उच्च रक्तचाप तथा मुटुजन्य रोगले हुने मृत्युभन्दा बढी रहेको छ।   विश्वव्यापी रूपमा अधबैंसे उमेरमा हुने मृत्युको मुख्य कारण मुटु तथा हृदयघात हो।

तर अध्ययनले सम्पन्न राष्ट्रमा मुटु तथा हृदयघातले हुने मृत्युभन्दा २ दशमलव ५ पटक क्यान्सरको कारणले हुने गरेको दाबी गरेको छ। गरिब राष्ट्रहरूमा अहिले पनि मुटु तथा उच्च रक्तचापजन्य रोगको कारण तेब्बर हुने गरेको छ। हालै ल्यान्केट जर्नलमा प्रकाशित लेखअनुसार विश्वका २१ वटा देश समावेश छन्।

क्यानडाको एमसी मास्टर विश्वविद्यालयको नेतृत्वमा भएको अनुसन्धानमा सन् २००५ देखि २०१६ मा सम्पन्न राष्ट्रका १ लाख ६० हजार मानिस सहभागी थिए। यी मानिसको औसत उमेर ५० वर्षदेखि सुरु भएको थियो। उनीहरूमध्ये ११ हजारभन्दा बढीको मृत्यु भएको थियो।

उता मुटु तथा रगतजन्य रोगका कारण कम आय भएका देशमा ४० प्रतिशतको मृत्यु हुने गरेको स्थिति छ भने एक तिहाइभन्दा कम बढी आय भएका देशमा छ। सम्पन्न देशहरूमा क्यान्सरले बढी मृत्यु हुनुको कारण उनीहरूले मानिसलाई अस्पतालमा हुने बढी औषधोपचार हुनसक्ने आँकलन गरेका छन्।

‘बेलायती हार्ट फाउन्डेसनका जेमी पियरसन भन्छन्, ‘ठूलो प्रगति हो, धेरै मानिस हृदयघातपछि बाँचेका छन् तर धेरैजना अपांगता भई बाँचिरहेका छन्।’

प्रकाशित: २८ भाद्र २०७६ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App