coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

के हो पाठेघरको मुखमा हुने क्यान्सर?

डा. सपना  अमात्य वैद्य
स्त्रीरोग विशेषज्ञ

आम जनमानसमा भोग्दै आएको समस्याबारे चर्चा गर्ने क्रममा आज पाठेघरको मुखमा हुने क्यान्सरको बारे चर्चा गर्ने छु। स्त्रीरोग भन्नाले पाठेघर, डिम्बासय, डिम्बनली र पाठेघरको मुखको क्यान्सर हुन सक्छ। यी चारवटा क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर चाहीँ हामीले सुरुमा पहिचान गर्न सक्यौं भने क्यान्सर हुनबाट रोकथाम गर्न सक्छौं।

नेपालको नेसनल प्रोटोकल अनुसार ३० वर्षको उमेरमा सबै स्त्रीहरुले पाठेघरको मुखको स्कृनिङ गर्न सक्छन्। जुन सजिलै पाउन सकिन्छ। लाज मानेर, देखाउन नचाहेर गर्दाचाहीँ पछि क्यान्सर पनि हुन सक्छ। क्यान्सर भइसकेपछि पैसा पनि धेरै खर्च हुने, घरखेतनै बेच्नुपर्ने तथापी मानिस बाँच्न पनि नसक्ने अवस्था सिर्जना हुन सक्छ। त्यसैले साधरणतयः ३० वर्ष उच्च जोखिम जस्तो एचआइभी भएको छ, या मल्टीसेक्सुअवल पार्टनरहरु रहेको छ, १६ वर्ष भन्दा अघि विवाह भएको छ या सम्पर्क कायम गरेको छ भने अनिवार्यरुपमा पाठेघरको मुखको स्किृनिङ गरेमा क्यान्सर हुने सम्भावना  पत्ता लाग्छ। क्यान्सर हुन लागेको अवस्था पत्ता लाग्दैमा क्यान्सर हुन्छ भन्ने छैन। जनमानसमा स्किृनिङ गर्छ र क्यान्सर देखा प-यो भन्ने भन्ने वित्तिकै अत्तालिने अवस्था छ। तर त्यस्तो आत्तिनु पर्ने अवस्था केही हुदैन।

जब क्यान्सर हुनै लागेको अवस्था पत्ता लाग्छ, तब प्याप्समेयर गरेर हामी भीआइएस स्किृनिङ् गर्छौ जुन चाही एसिटिक एसिड राखेर हेर्छौ, कुनै दाग देखियो भन्दैमा तर्सिनु पर्दैन। त्यो चाहीँ १० देखि १५ वर्ष पछि मात्र क्यान्सर हुने भएकाले त्यतिन्जेलसम्म हामीले रोगको पहिचान गरेर रोकथाम गर्न सकिन्छ।

त्यसैले सबै स्त्रीहरुले अनिवार्य रुपमा नलजाइकन स्त्री रोग विशेषज्ञकहाँ गइ पाठेघरको मुखको पानी परीक्षण गराउनु पर्छ । जसले गर्दा हामी क्यान्सर जस्तो रोगबाट बच्न सम्भव हुन्छ।  
 

प्रकाशित: १० श्रावण २०७६ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App