coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डा. भगवान कोइरालाको अस्पताललाई सरकारले दियो ४१ रोपनी जग्गा

काठमाडौं– सरकारले काठमाडौं चाइल्ड हेल्थ हस्पिटललाई सरकारी स्वामित्वमा रहेको बुढानिलकण्ठको ४१ रोपनी जग्गा दिने गर्ने निर्णय गरेको छ। 

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त हस्पिटललाई बुढानीलकण्ठ ७ मा रहेको ४१ रोपनी सरकारी जग्गा लिजमा दिने निर्णय भएको बताए।

यो बाल अस्पतालको निर्माण काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले गर्दैछ। इन्स्च्यिुटका अध्यक्ष प्रख्यात मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला हुन्। उनकै अगुवाईमा यो अस्पताल निर्माण हुँदैछ। यसका लागि इन्स्टिच्युटले हालसम्म एक करोड भन्दा बढी रकम संकलन गरिसकेको छ।

सरकारले काठमाडौंसहित सातै प्रदेशमा बाल अस्पताल खोल्न मुटुरोग विशेषज्ञ प्राडा. कोइराला नेतृत्वको इन्स्च्यिुटलाई अनुमति दिएको छ।

प्रकाशित: ९ श्रावण २०७६ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App