२९ असार २०७७ सोमबार
स्वास्थ्य

‘एन्टिवायोटिक आफैं किनेर नखानु’

काठमाडौं - तपाईंलाई पेट दुखेको छ ?, रुघाखोकी लाग्यो ?, या यस्तै कुनै समस्या भयो । विश्वव्यापी रुपमा जीवाणु रेसिस्टेन्स भइरहेको अवस्था अर्थात् एन्टिवायोटिक औषधिले कुनै पनि रोग सजिलै निको नहुने समस्या बढिरहेको विषयमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । विज्ञहरुका अनुसार विशेष गरी विकासोन्मुख देश यस्तो समस्याबाट बढी प्रभावित भइरहेका उनीहरुले जनाएका छन् ।

नेपालमा बिरामीले जथाभावी औषधी किनेर खाने प्रवृत्ति, औषधि पसलेले चिकित्सकको पे्रसक्रिप्सनबिनै दिने प्रवृत्ति, कतिपय चिकित्सकले समेत किटाणुको कल्चर बिना नै कडा एन्टिवायोटिक सिफारिस गर्ने प्रवृत्तिले रोगको किटाणुको प्रतिरोधात्मक क्षमतामा वृद्धि भएको ा विज्ञहरुले बताए । ‘रुघाखोकी लागेपछि आजै निको हुने गरी एन्टिवायोटिक किनेर खाइहाल्नु पर्ने, पेट दुखे पनि आजै निको हुनुपर्ने सोचले जथाभावी एन्टिवायोटिकको प्रयोग हुँदा रेसिस्टेन्स बढेको देखिन्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. सुशीलनाथ प्याकुरेलले भने ।

नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी संगीता शाहले नेपालमा फार्मेसीबाटै सिधै बिरामीलाई औषधि बिक्री गर्ने चलन, बिरामी आफैंले जथाभावी एन्टिवायोटिकको प्रयोग गर्ने चलन, पशुपक्षी व्यवसायीले मापनबिनै जथाभावी पशु, माछा तथा कुखुरामा औषधिको प्रयोग गर्ने चलन, पशुपक्षी पालनबाट निस्केको फोहोरले वातवरणमा पार्ने प्रभाव, अस्पतालहरुले सफाइको मापदण्ड पूरा नगरी उल्टै संक्रमण वृद्धि गर्ने, व्यक्तिगत सफाइको कमीलगायतका कारणले किटाणुको औषधि प्रतिरोधी क्षमता बढिरहेको शाहले उल्लेख गरिन् । औषधि प्रतिरोधी समस्याले शल्यक्रिया गरेका बिरामी तथा अंग प्रत्यारोपण गरेका बिरामीको लागि थप जोखिम निम्त्याएको छ । यी कमजोरीलाई समयमै सम्बोधन गर्न नसकेमा यसको जनस्वास्थ्यमा भयावह रुप लिने उनीहरुले औंल्याए ।

नेपालले एन्टिवायोटिक रेसिस्टेन्स नियन्त्रणका लागि विभिन्न चरणमा भएका क्षेत्रीय तथा विश्वव्यापी सम्मेलनमा प्रतिबद्धता जनाइसकेको छ । तैपनि प्रभावकारी कार्यान्वयनको कमी रहेको विज्ञहरु बताउँछन् । स्वास्थ्य नीति २०७५ मा ले एन्टिवायोटिक रेसिस्टेन्सलाई सम्बोधन गरेको छ । बुधबार आयोजित सम्मेलनले सम्बन्धित देश र नेपाल सरकारलाई कार्यक्रमबाट आएका निष्कर्षलाई सुझावको रुपमा दिनेछ । अफि«का, युगाण्डा, बेलायतलगायत देशका विज्ञहरुले विभिन्न विषयमा एन्टिमाइक्रोवियल रेसिस्टेन्श (एएमआर)को विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा ११ जना विज्ञसहित १ सयभन्दा बढी सहभागी छन् । विश्व स्वास्थ्य संगठनको विश्वव्यापी निर्देशिकाले यो वर्ष ‘पर्खिने समय छैन, भविष्यमा औषधि रेसिस्टेन्सको संक्रमबाट बच्ने समय छैन’ भन्ने नारा अघि सारेको छ । जसअनुसार सम्बन्धित राष्ट्रहरुले पञ्चवर्षीय कार्ययोजना निर्माण गर्नुपर्ने, रेसिस्टेन्स संक्रमणको प्रमाण संकलन गर्नुपर्ने, स्थानीय तहमै सामुदायिक सहभागिता हुने गरी जनचेतनामूलक कार्यक्रम तथा अन्य कार्यक्रम सञ्चालन गर्नु पर्ने निर्देशन दिएको छ ।

प्रकाशित: १२ असार २०७६ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App