coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

गाउँका गर्भवतीलाई घरमै भिडियो एक्सरे सेवा

काभ्रेपलाञ्चोक – पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ। गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीका घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवा उपलब्ध गराएका हुन्।

गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट सुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताइन्। ‘नपाभित्रका गर्भवती महिलाको गर्भजाँच स्वास्थ्यकर्मी टोलीले भिडियोसहित शुक्रबारबाट काम सुरु गरे,’ उनले बताइन्। उनका अनुसार समयतालीका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ।

‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमअन्तर्गत सुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ। त्यसपछि सातको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलाको गर्भजाँच सेवा दिइनेछ। सामान्यता गर्भवती महिलाले तीनपटकसम्म गर्भजाँच गराउनुपर्ने हुन्छ। सोहीअनुसार नगरपालिकाले गर्भवती महिलाको तीनपटक भिडियो एक्से–रे गर्ने प्रबन्ध मिलाउनेछ। गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए पाँचखालस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइने र उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिस गरिनेछ।

‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमसँगै प्रत्येक वडामा घुम्ती बैठक गरी वडामा देखिएका स्वास्थ्य समास्याबारे छलफल गरी समाधनका उपाय खोजिनेछ,’ नपा उपप्रमुख दनुवारले भनिन्। १४ वडा रहेको पाँचखाल नगरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ भने प्रत्येक वडामा एउटा स्वास्थ्यचौकी छन्।

प्रकाशित: ६ जेष्ठ २०७६ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App