८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

स्वास्थ्य शिविरबाट ६ सय जना लाभान्वित

मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८, क्युरेनीमा सञ्चालित स्वास्थ्य शिविरबाट करिब ६ सय बिरामी लाभान्वित भएका छन्।

वडाको स्वास्थ्य चौकीमा गत शनिबार सञ्चालन गरिएको शिविररमा स्थानीयले दाँत, आँखा, कानसम्बन्धी लगायत विभिन्न रोगको निःशुल्क उपचार पाएका हुन्।

काठमाडौंको कोइराला मेडिकल हल र मेलम्ची ८ नम्बर वडा कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको शिविरमा बालरोग विशेषज्ञ डाक्टर अनिलराज ओझा, जनरल फिजिसियन डाक्टर सञ्जय शाह, दन्त रोग विशेषज्ञ पुष्पदीप खरेल, वाक तथा श्रवण रोग विशेषज्ञ आस्था कोइरालालगायत शिविरमा खटिएका थिए। शिविरमा स्थानीय बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको भीड लागेको आयोजकले जनाएका छन्।

प्रकाशित: ३० पुस २०७५ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App