१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

चिकित्सा शिक्षा विधेयक स्वास्थ्य समितिबाट पारित,कांग्रेस असहमत

फाइल तस्बिर

काठमाडौं–प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको छ। नेपाली कांग्रेसका सांसादले सात बुदे फरक राखे पनि बहुमतका आधारमा उक्त विधेयक समितिले पारित गरेको हो। 

विधेयक पारित भएपछि पूर्व स्वास्थमन्त्री समेत रहेका समिति सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी जनतालाई धोका दिनेतर्पm लागिरहेको आरोप लगाएका छन्। 

थापाले ओली सरकारले नै यस अघि डा गोविन्द केसी सँग गरेको संझौता र संसदमा जनाएको प्रतिवद्दता प्रतिकुल हुने गरी समितिबाट विधेयक पारित गरिएको बताएका हुन्। ‘सरकार सञ्चालनमा रहेको केही मान्छेको व्यापारिक स्वार्थका लागि सरकारले शक्तिको दुरुपयोग गरेको छ,’ थापाले भने, ‘सरकार जसले संझौता गरेको छ। जसले संसदमा त्यो संझौता सुनायो। त्यसैले हासी हासी खिल्ली उडायो।’

उता डा केसीले उपसमितिको प्रतिवेदन आएलगत्तै सहमति विपरित विधेयक निर्माण भएको भन्दै अनसन बस्ने घोषणा गरिसकेका छन्। समितिबाट विधेयक पारित भएपछि नेकपाका नेता योगेश भट्टराईले भने डा गोविन्द केसीको पनि जीत भएको टिप्पणी गरेका छन्। ‘यो विधेयकले डा केसीसँग भएका सम्झौता तोडमोड गरेको छ भन्ने कसैलाई संका लागेको होला, त्यस्तो होइन,’ उनले भने, संसदले डा केसीलाई पनि जिताएको छ।’

प्रकाशित: २५ पुस २०७५ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App