coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सात जना बिरामीमा डेंगु

कञ्चनपुर – कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ। शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो।

अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याव टेक्निसियन महेशदत्त जोशीले बताए। ‘दुई जना भारतबाट फर्केका र अन्य यही बसोवास गर्ने बासिन्दामा डेंगुका जीवाणु फेला परेको पाइएको छ’, उनले भने।

एडिज एजिप्टी जातको पोथी लामखुट्टेले टोक्दा डेंगु हुने गर्दछ । दिउँसोको समयमा सक्रिय हुने यस जातको पोथी लामखुट्टेले टोकेमा डेंगु हुने गरेको टेक्निसियन जोशीले बताए। लाखमुट्टेले घरमा रहेका कुलर, टायर, गमलालगायतको सफा पानीमा लार्भा उत्पादन गर्ने गर्दछ।

डेंगु भएमा उच्च ज्वरो आउने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, प्लेटलेसको कमीले शरीर निलो हुने, राता डाम देखापर्ने गर्दछन्। यी लक्षणहरू देखा परेपछि बिरामीले तत्कालै नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा उपचारका लागि जानुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।

कुलर, टायर, गमलालगायतको सफा पानीमा लामखुट्टेले लार्भा उत्पादन गर्ने भएकाले त्यसलाई नष्ट गर्नका लागि बिषादी छर्कने र पानी सफा गर्नुपर्दछ। विगतमा जनस्वास्थ्य कार्यालयले डेंगुबारे सचेतना फैलाउने र डेंगुका लार्भा देखिएका ठाउँमा बिषादी छर्कने कार्य गर्दै आएको थियो। कार्यालय समायोजनको कार्यसँगै सचेतना फैलाउने कार्य नगरपालिका र गाउँपालिकाको स्वास्थ्य शाखाले गर्नुपर्ने भए पनि नगरिदा डेंगु फैलिने क्रम बढेको बताइएको छ।

यसैगरी भुसुनाको टोकाइबाट हुने कालाज्वरका एक जना बिरामी पनि कञ्चनपुरमा फेला परेको छ। महाकाली अञ्चल अस्पतालमा उपचार गराउन आएका बिरामीमा कालाज्वर भएको पाइएको हो। रासस

प्रकाशित: १० कार्तिक २०७५ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App