२९ असार २०७७ सोमबार
स्वास्थ्य

छिटो उपचारमा पुगे निको हुन्छ बाथ

काठमाडौं - के तपाईंलाई बिहान उठ्दा हातखुट्टा कक्रक्क हुने समस्या छ? हात खुट्टा करकर खान्छ? नियमित ढाड दुख्ने, जोर्नी सुन्निने वा दुख्ने, मांसपेशी दुख्ने समस्या छ? यी मध्ये कुनै पनि लक्षण छन् भने बाथरोग भएको हुनसक्छ। तुरुन्त उपचारमा गइहाल्नुस्। ढिलो भए उपचार नहुन सक्छ।

नेपालमा बाथरोग समयमै नियन्त्रणमा आउन नसकेको बाथरोग विशऔंल्याएका छन्। समयमै उचपारमा नपुग्दा शरीरका विभिन्न अंग, हातखुट्टाका औंलाहरु बांगिने, फोक्सो, मुटु र मिर्गौलाजस्ता अंगहरुमा समेत असर पुग्ने चिकित्सक बताउँछन्। समयमै उपचारमा नपुगी हात–खुट्टा बांगिएपछि अस्पताल पुग्ने बिरामीको संख्या बढेको वीर अस्पतालले जनाएको छ। ‘अहिले पनि धेरैजना हातखुट्टा बाँगिएपछि आउँछन्, यसरी आउनेमा दुर्गम क्षेत्रका बिरामी धेरै छन्,’ डा. बिष्टले भने । गाउँको तुलनामा सहरी क्षेत्रका मानिसहरु भने लक्षण पाएपछि उपचारमा आउन थालेको नेसनल बाथरोग सेन्टरका बाथरोग विशेषज्ञ डा. विनित वैद्यले बताए। ‘केही सचेतना बढेको देखिन्छ तर यो सबैतिर पुग्न सकेको छैन,’ उनले भने।

शरीरलाई हानि पु-याउने तत्व (एन्टीवडी) उत्पन्न भई शरीरको प्रतिरोध क्षमतालाई क्षति पुग्दा बाथरोग उत्पत्ति हुन्छ। यो रोग लागेपछि शरीर सुन्निने, गर्धन, ढाड सुन्निने, पाखुरा दुख्ने, ढाड कक्रक्क हुने, गोलीगाँठो दुख्ने, उठ्न हिँड्न गाह्रो हुनेलगायतका लक्षण देखिन्छन्। रोगको समयमै उपचार नभएमा थप लक्षण देखिन्छन्।

वीर अस्पतालमा दैनिक ३० देखि ३५ जना बाथरोगका जटिल बिरामी उपचारमा पुग्ने गरेका छन्। अस्पतालमा ६ महिनादेखि मात्र बाथको छुट्टै उपचार सुरु हुन थालेको हो। नेसनल बाथरोग सेन्टरमा मासिक ३ हजार जति बाथरोगका बिरामीले उपचार गराउँछन्। यो बाहेक अन्य अस्पतालमा पनि उपचारका लागि बिरामी पुग्ने गर्छन्। उपचारमा पुग्ने केही आफै शंका लागेर आउँछन् भने केही बिरामी जटिलता झेलेपछि मात्र उपचारमा पुग्ने गरेका छन्।

चिकित्सकका अनुसार नेपालमा गंठिया बाथ, लुपस बाथ, स्क्रोइड्रमा बाथ, आम बाथ र ढाडमा हुने बाथ बढी देखिएका छन्। यो रोग पुरुषको तुलनामा महिलामा अध्यधिक छ। महिलाहरुमा हुने हर्मोनको गडबडीले थाइराइड र बाथ रोग लाग्ने गरेको छ । पछिल्लो समय घरभित्र काम गर्ने, कार्यालयभित्रै धेरै समय चिसोमा काम गर्ने बैंकर, शिक्षक, महिलाहरुमा बाथरोग देखिन थालेको डा. वैद्यले बताए। चिसोमा लामो समय काम गर्नेमा भिटामिन ‘डी’को कमीले मांसपेशीको बाथ बढेको छ।

चुरोटको धुवाँ, प्रदूषण, चिसोमा काम गर्ने व्यक्ति र महिलामा गंठिया बाथ अन्य बाथको तुलनामा तेब्बर रहेको डा. बैद्यले बताए। नेसनलमा बाथरोगको उपचारमा पुगेका कुल ३ हजार बिरामी मध्येमा ३० प्रतिशत गठिया बाथ पाइएको छ। बाथरोगको प्रकृति फरक भएकाले सबैलाई एउटै लक्षण नदेखिने हुनाले फरक–फरक लक्षण मध्येमा कुनै पनि लक्षण मिलेमा उपचारमा गइहाल्नु उचित हुने चिकित्सक सुझाउँछन्।

प्रकाशित: २५ आश्विन २०७५ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App