६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

जुम्लामा अझै त्रसित छन् बिरामी

जुम्ला - छातीमा समस्या भएपछि चन्दननाथ नगरपालिका ९ की विष्णु उपाध्याय केही दिनदेखि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिन्। उनी निको नभए पछि जतिसक्दो छिटो घर फर्कन चाहन्छिन्। उनी छिटै घर फर्कनुको कारण बिहीबार सरकारी पक्षले प्रस्तुत गरेको दमनको भय हो। बिहीबार उनी शड्ढयामा अक्सिजनको सहारामा पल्टिरहेकी थिइन्। एकाएक अस्पतालबाहिर ड्याङडुङ आवाज आउन थाल्यो। उनलाई लाग्यो, अस्पतालमा गोली चल्यो। सिकिस्त बिरामी उनी अत्तालिइन्। अक्सिजनको पाइप थुतेर उनी शड्ढयामा घुसिन्।

‘बिरामी मान्छे ज्यान बचाउनका लागि शड्ढयामुनि पसेर बसें’, उनले भनिन्, ‘एक त बिरामी मान्छे, झन् बिरामी भएँ।’ शुक्रबार पनि उनी उत्तिकै त्रस्त थिइन्। ‘कचौरा खसे पनि फेरि उस्तै भैगो भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘रोग निको भए पनि नभए पनि अब म घर गइहाल्छु।’ कुरुवा बसेकी उनकी छोरी कृष्णमाया तिमिल्सिना पनि उस्तै त्रासमा छिन्। ‘अस्पतालमा भएको त्यो घटनाले झस्काइरहन्छ,’ उनले भनिन्, ‘सानोतिनो आवाज आउँदा पनि पुलिस आइहाले भन्ने डर लाग्छ।’

दुई महिने बिरामी छोरीको उपचारका लागि अस्पताल पुगेकी चन्दननाथ नगरपालिका ९ की बिन्दु शाही पनि बिहीबार दिउँसो अस्पतालमै छोरीको हेरचाहमा थिइन्। एकाएक हल्लाखल्ला भयो। ‘के भएछ भनेर बाहिर हेरेको, हेर्नै नसकिने दृश्य थियो,’ उनले भनिन्, ‘अब बाँचिन्नभैंm लागेको थियो।’ केहीबेरमा प्रहरी उनी भएकै कक्ष नजिकै आइपुगे। स्टाफ नर्सहरूलाई भन्दै थिए, ‘तिमीहरू बाटो छोड्ने भए छोड नत्र उपचारका लागि ल्याइएका सबै बच्चा उठाएर लैजान्छौं।’ प्रहरीको यो धम्कीले उनको सातो लियो। उनी पनि छोरी च्यापेर शड्ढयामुनि लुकिन्। ‘बच्चा उठाएर लैजान्छम् भनेपछि सातो गयो,’ उनले भनिन्, ‘तर नर्सहरुले बरु हाम्लाई मार, तर बिरामीलाई केही नगर भनेर अनुरोध गर्नुभयो।’ अस्पतालको बिहीबारको वितण्डाले उनको मन पनि झस्किइरहन्छ । उनले भनिन्, ‘हामी सुरक्षित छैनौं, के गरी अस्पतालमा दिन बिताउने हो?’

जुम्ला तीला २ की बाँची रावत बिहीबार बिरामी छोरालाई खाना लिएर अस्पताल उक्लँदै थिइन्। एक हुल प्रहरी उनी पछाडि आयो। उनको टाउकोमा लाठी ताकेका मात्रै के थिए, उनले बिरामी कुरुवाको परिचयपत्र देखाइन्। प्रहरी सम्हालिए। ‘लाठीले हान्न थालेपछि परिचयपत्र देखाएँ, अनि हान्न सकेनन्’, उनले भनिन्, ‘छोरालाई ल्याइदिएको भात त्यहीं पोखियो, बिरामी छोरालाई भात खुवाउन पनि पाइएन।’

बिहीबार अस्पतालमा भएको प्रहरी दमनका कारण अस्पतालमा आएका बिरामी निकै त्रसित बनेका छन्। कतिपयले प्रहरी दमनको भयले अस्पतालबाट हामफाल्ने अवस्थामा पुगेको बताए। अधिकांश बिरामीहरू लत्रिँदै शड्ढयामुनि पसेका थिए।

प्रकाशित: ६ श्रावण २०७५ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App