१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

डा. देवकोटालाई ‘डा. बलराम जोशी ज्ञान विज्ञान’ राष्ट्रिय पुरस्कार

काठमाडौं– वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटालाई यस वर्षको ‘डा. बलराम जोशी ज्ञान विज्ञान’ राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। 

विहीबार डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानकी संरक्षक चन्द्र कुमारी जोशी तथा प्रतिष्ठानकी संस्थापिका अध्यक्ष अंगुर बाबा जोशीले बाँसवारीस्थित न्युरो अस्पताल पुगेर डा. देवकोटालाई पुरस्कार रकम ५० हजार १०१ रुपैयाँ हस्तान्तरण गर्दै दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरे।

चिकित्सा सेवामा ठूलो योगदान पुर्याएको, नेपालको पहिलो दक्षता तथा सेवायुक्त न्युरो अस्पताल स्थापना गरेर लाखौं बिरामीमाझ सेवा पुर्याएको तथा धेरै नयाँ दक्ष न्युरो चिकित्सकहरू उत्पादन गरेको भन्दै डा. देवकोटालाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ।

सम्मान समारोहमा अध्यक्ष जोशीले डा. देवकोटाको बहुआयामिक प्रतिभाको कदर गर्दै दीर्घायु तथा शीघ्र स्वास्थ्य लाभको कामना गरेकी थिइन्। 

प्रकाशित: १७ जेष्ठ २०७५ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App